प्रत्येक वडामा खेलमैदान गाउँपालिका स्तरीय क्रिकेट र फुटवल रंगशाला निर्माण गर्ने

पाल्पा । २१ । बैषाख ।
आसन्न स्थानीय तहको निर्वाचन २०७९ मा विभिन्न उमेद्वार तथा राजनीतिक दलहरुले चुनावी घोषणा पत्र तथा प्रतिवद्धता पत्रहरु सार्वजनिक गर्दै आएका छन् । बगनासकाली गाउँपालिकामा गठबन्धनका दलहरुले पनि सम्युक्त प्रतिवद्धता पत्र सार्वजनिक गर्दै प्रत्येक वडामा खेलमैदान निर्माणको कार्य सम्पन्न गर्ने प्रतिवद्धता गरेका छन् ।
नेपाली काँग्रेसबाट अध्यक्षको उमेदवार सुनिता अधिकारी र एकिकृत समाजवादीबाट उपाध्यक्षको उमेद्वार खिमानन्द पाण्डे (कमल) ले तयार पारेको प्रतिवद्धता पत्रमा गाउँपालिका स्तरीय क्रिकेट र फुटवलको रंगशाला निर्माण गर्ने उल्लेख छ ।
त्यसैगरी खानेपानीलाई पूर्ण तथा निशुल्क, शिक्षा तथा स्वास्थ्य सेवा सर्वसुलभ र गुणस्तरीय प्रदान गर्ने उल्लेख छ । गठबन्धनको सम्युक्त प्रतिवद्धतामा भनिएको छ, “गाउँपालिकाको सेवालाई विकेन्द्रित गरी घरघरमा सिंहदरवारको नारालाई सार्थक बनाउछौं । ” बगनासकाली गाउँपालिकाका अध्यक्ष पदका उमेदवार सुनिता अधिकारीले पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा शिक्षालाई गुणस्तरीय बनाउदै, वालमैत्री, विद्यार्थीमैत्री र विपन्नमैत्री विद्यालय बनाउने बताउनुभयो । उहाँले शिक्षाको प्रभावकारीतालाई विकल्पको रुपमा विग स्कूलको अवधारणालाई अगाडि बढाउने पनि जानकारी दिनुभयो ।
गठबन्धन दलकै एकिकृत समाजवादीबाट उपाध्यक्ष पदका उमेदवार खिमानन्द पाण्डे (कमल)ले कालीगण्डकी नदीमा ¥याफिटङको साथै होमस्टेलाई प्राथमिकता दिदै बगनासकालीलाई पर्यटन प्रर्वद्धनमा लैजाने बताउनुभयो । उहाँले बगनासकाली गाउँपालिका पर्यटनको सम्भावना बोकेको पालिका भएकोले आफुहरुले पर्यटन प्रर्वद्धन गरी जनताको जिवनस्तर उकास्ने काममा लाग्ने उल्लेख गर्नुभयो ।
गठबन्धन दलहरुले जारी गरेको प्रतिवद्धतामा बगनासकाली चक्रपथको निर्माण, युवा स्वरोजगार, पिछडा जाती उत्थान, बसाँईसराई दर घटाउने कार्यक्रम, आत्मनिर्भर कृषि कार्यक्रम तथा बगनासकालीमा रेडियो संचालन गर्ने सम्मका योजना तथा कार्यक्रमहरु समेटेको छ ।