विष्णु घिमिरे ।

पाल्पा । १४ वैशाख ।
उमेरले भर्खर ३३ वर्ष लाग्दै गरेका एउटा कलिलो युवा । मिन प्रसाद न्यौपाने यतिवेला चुनावी मैदानमा होमिनुभएको छ । बगनासकाली ८ बराङ्दीबाट वडा अध्यक्ष पदमा उमेदवारी दिएका युवा न्यौपाने घरदैलोमा व्यस्त देखिनुहुन्छ ।
कलिलो उमेरमै राजनीति र जनताको विकासमा होमिनुभएका न्यौपाने अहिले मात्रै होइन यस अगाडीको स्थानीय निर्वाचनमा पनि सदस्यबाट निर्वाचित भईसक्नुभएको थियो । उमेर थोरै भएपनि जिम्मेवारी र सहनशिलता धेरै भएका न्यौपाने नेपाली कांग्रेस बराङ्दीबाट सर्वसम्मत उमेदवार हुनुभएको थियो ।
२०४५ साल कार्तिक २८ गते साविकको बराङ्दी गाविसमा जन्मनुभएका मिन प्रसाद बुवा पर्सुराम र आमा उमादेवीका जेठो सन्तान हुनुहुन्छ । अंग्रेजी मूल विषय लिएर स्नातक उर्तिण गर्नुभएका मिन प्रसाद बैदेशिक रोजगारीबाट फर्केर स्थानीय स्तरमै काम गर्दै आउनुभएको छ । “मलाई जागिर खान मनै लागेन, कहिले गाई पाले, कहिले वाख्रा, जे गरे पनि आफ्नै गर्नुपर्छ भन्ने लाग्यो” भन्ने मिनप्रसाद अहिले किराना पसल चलाउनुहुन्छ ।
विद्यार्थी अवस्था देखी नै राजीतिमा जोडिनुभएका मिनप्रसाद गएको स्थानीय निर्वाचनमा बराङ्दीबाट वडा सदस्यमा निर्वाचित हुनुभयो । ५ वर्षको दौरानमा गाउँका टोल र बस्ती बस्तीमा पुगेर वडाका योजना तथा कार्यक्रमहरु गर्नुभयो । जनताको मनमा बस्न सक्नुभयो । अत्यान्त सरल र मिजासिलो स्वभावका मिन प्रसाद गाउँमै बसेर जनताको सेव ागर्न पाउँदा खुसी मिलेको बताउनुहुन्छ । “भन्नुहुन्छ, मलाई कतिले गाली गर्छन्, कतिले यो विग्रियो भन्छन्, यो उमेरमा पैसा कमाउन नगएर गाउँ डुल्याछ भन्छन् तर मलाई यहि गाउँमै बसेर जनताको सेव ागर्न मन लाग्यो कहि जानै मन लागेन् । ”
युवा मात्रै होइन, पाका–पुस्ताले समेत मिन प्रसादको प्रशंसा गर्छन् । उमेरले युवा काम र व्यवहारले परिपक्व मिन प्रसाद, ५ वर्षिय जनप्रतिनिधिको अनुभवले पनि वडा अध्यक्ष सम्हाल्न र बराङ्दीको विकास गर्न सक्षम भएको बताउनुहुन्छ । भन्नुहुन्छ, “हाम्रो सानो वडा छ, थोरै वजेटले पनि धेरै काम गर्न सकिन्छ, मैले यहाँको आर्थिक, सामाजिक र सास्कृतिक विकासमा टेवा पु¥याउनेछु । ”
बगनासकाली ८ बराङ्दी एउटा यस्तो वडा हो, जुन २०४८ सालयता देखी नै नेपाली कांग्रेसले नेतृत्व गरिरहेको छ । यहाँ पाका उमेरका नेपाली कांग्रेसका नेताहरु हुँदाहुदै पनि युवालाई अगाडि सारेर नेतृत्वमा ल्याएको छ ।