बिश्नु घिमिरे पाल्पा । १३ बैशाख । बगनासकाली  गाउपालिकाको अध्यक्षमा ७ जनाले मनोनयन दर्ता गरेका छन । त्यस्तै उपाध्यक्ष पदमा भने ५ जनाको उम्मेद्बारी परेको छ । अध्यक्षमा नेकपा एमालेबाट सरस्वती चिदी, नेपाली काङ्रेसबाट सुनिता अधिकारी, स्वतन्त्र उमेद्वार अम्बिका पान्डे, मङोल नेशनल बाट टोप बहादुर खाम्चा, जनमुक्ति पार्टीबाट नारायण बहादुर कुवर, राप्रपा बाट पेउ नारायण न्यौपाने र जसपाबाट मिना कुमारी गाहाको उम्मेद्बारी परेको निर्वाचन अधिकृतको कार्यालयले जनायेको छ । त्यसैगरी गाउपालिका उपाध्यक्ष पदको लागि ५ जनाको उम्मेद्बारी परेको छ । जसमा नेकपा एमाले बाट हरि प्रसाद पाठक, गठबन्धन अन्त्र्गत एकीकृत समाजबादिबाट खिमानन्द पान्डे, मङोल नेशनलबाट चन्द्रा कुमारी देसुवा, जनमुक्ति बाट खगिसरा लामिछाने दिशा र जसपाबाट हेम बहादुर सोमैको उम्मेद्बारी परेको निर्वाचन अधिकृतको कार्यालय बगनासकाली ले जनायेको छ ।