नेकपा एमालेले बगनासकाली गाउँपालिकाका लागि उम्मेद्वार टुंगो लगाएको छ । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गाउँपालिका अध्यक्षमा सरस्वती चिदी दर्लामी र उपाध्यक्षमा हरि प्रसाद पाठकलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

अध्यक्षकी उम्मेदवार चिदी हाल बगनासकाली गाउँपालिकाको उपाध्यक्षको रुपमा रहनुभएको छ । उपाध्यक्षका उम्मेद्वार पाठक नेकपा एमाले बगनासकाली गाउँ कमिटिको अध्यक्षको रुपमा रहनुभएको छ । उहाँले यसअघि तत्कालीन खानीगाउँ गाविसको उपाध्यक्षको रुपमा काम गर्नुभएको थियो ।

एमालेले बगनासकाली गाउँपालिकाका लगभग सबै वडाहरुमा नेतृत्व चयनको प्रक्रिया टुंगिएको जनाएको छ । यसअघि वडा नं। २ मा तिर्थ भट्टराई अध्यक्ष रहने गरि, वडा नं। ३ मा टिका बहादुर थापा अध्यक्ष रहनेगरि, वडा नं। ६ यम्घामा जयराम बस्याल अध्यक्ष रहनेगरि, वडा नं। ७ खानीगाउँमा गण बहादुर बुढाथोकी अध्यक्ष रहनेगरि उम्मेद्वारहरु चयन गरि सावर्जनिक समेत गरिसकेको छ ।