पाल्पा, बैशाख ७ । नव गायक सुशिल बस्यालको राष्ट्रप्रेमी गीतको एक कार्यक्रमका विच बिमोचन गरिएको छ । उक्त कृतिको बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले पाल्पामा एक औपचारिक कार्यक्रमका बीच बिमोचन गर्नुभएको हो ।

गीत बिमोचन गर्दैँ बस्यालले कलाकारहरुको सृजनाले राष्ट्र र राष्ट्रियतालाई मजबुत बनाउन सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा अध्यक्ष बस्यालले गीतले समाजमा देखिएका विकृती र विसंगतीहरुलाई कटाक्ष गर्दै राष्ट्रियता झल्काउने प्रयास गरेकोमा धन्यवाद समेत दिनुभयो । गीतमा शब्द सुशिल बस्यालको रहेको छ भने शब्द सम्पादक शंकर बस्यालले गरेका छन् । भिडियो निर्देशन शंकर घिमिरे र छायांकन सुमन कार्कीको रहेको छ । त्यस्तै गीतको संगीत संयोजन खेम गोपालले गरेका हुन ।

यसैगरी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्र गोपाल सिंह, पाल्पा साहित्य समाजका अध्यक्ष पुष्कर अथक रेग्मी, पत्रकार महांसघका अध्यक्ष रेखीराम राना ,कलाकार चित्रवलीराम सुवाल, शीत काब्य समाज नेपाल पाल्पाकी अध्यक्ष इन्दिरा ज्ञवाली, धवल पुस्तकालयका अध्यक्ष युवराज पौडेल, साहित्यकार नारायण घिमिरे लगायतले गीतको सफलताको शुभकामना ब्यक्त दिनुभएको थियो । आशिका प्रोडक्सनको प्रस्तुतिमा गित बजारमा आएको हो ।