पाल्पा । ३० चैत्र ।
बगनासकाली गाउपालिकाका कर्मचारी हरु द्वारा नया बर्षको अवसरमा शुभकामना आदान प्रदान गरेका छन । गाउपालिकामा आयोजित बिभिद कार्यक्रम का बिछ नया बर्षको शुभकामना आदान प्रदान गरेका हुन ।
कार्यक्रममा बगनासकाली गाउपालिकाका अध्यक्ष कृश्न बस्यालले स्थानीय तहको पहिलो कार्यकाल सफल रहेको बताउदै कार्यकाल सफल बनाउनमा कर्मचारीहरुबाट ठूलो सहयोग भयेको बताउनुभयो । कार्यक्रममा गाउपालिका उपाध्यक्ष सरस्वती चिदी, प्रवता लक्षमि अधिकारी, वडा अध्यक्ष ठानेश्वर तिमिल्सेना, लगायतले नया बर्षको शुभकामना दिदै चालू आर्थिक बर्षको कार्यक्रम समयमै सक्न लागेकोमा धन्यवाद दिनुभयो ।
नया बर्ष २०७९ को अवसरमा अन्तर कर्मचारी बिच बिभिद कार्यक्रमहरु समेत आयोजना गरियको थियो । सो अवसरमा अन्तर कर्मचारी ब्याडमिण्टन प्रतियाेगिता, अन्तर कर्मचारी बुद्दिचाल प्रतियाेगिता, कार्यालय परिसर सरसफाई तथा फुल राेपण कार्यक्रम, अन्तर कर्मचारी चम्चा दाैड प्रतियाेगिता, अन्तर कर्मचारी कविता/गजल/गीत प्रतियाेगिता समेत आयोजना गरियेको थियो ।

त्यसैगरी बिभिद कार्यक्रममा प्रथम, द्वितीय, तृतीय र सान्तवना स्थान हासिल गर्ने कर्मचारीहरुलाइ पुरस्कार वितरण गरियेको थियो । त्यस्तै साझ कार्यालय परिसरमा दीपावली गरि नया बर्षलाइ स्वागत गरियेको गाउपालिकाले जनायको छ ।
बगनासकाली गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बिष्णु घर्तीले कर्मचारीहरुलाइ कामको बोझबाट पुनर्ताजगी का लागि विभिन्न खेलहरु खेलायेको बताउदै उनिहरुमा लुकेको प्रतिभा पनि बाहिर ल्याउन अतिरिक्त क्रियाकलाप गराइयेको जानकारी गराउनु भयो ।