पाल्पा । २१ चैत्र ।
पाल्पाको रैनादेबीछहरा गाउँपालिका ५५ वढी नेता तथा कार्यकर्ता अन्यपाटी परित्याग गरि नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन । रैनादेबी छहरामा आयोजित एक कार्यक्रममा वडा नं।७,८ र ४ का नेता तथा कार्यकर्ताहरू नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।

नव प्रवेशी नेता तथा कार्यकर्तालाई नेपाली काङ्ग्रेसका जिल्ला सभापति हिमालदत्त श्रेष्ठ,उपसभापति झपेन्द्र गैरे, नेपाली काङ्ग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी, महासमिति सदस्य शंकर रायमाझी लगाएतले स्वागत गर्नुभएको थियो ।
नवप्रवेशि नेता तथा कार्यकर्ताहरूलाई पाटीमा स्वागत गर्दै जिल्ला सभापति हिमालदत्त श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो पाटी हुने बताउनुभयो । नेपाली काङ्ग्रेसले घरघर जाऔ काङ्ग्रेस जिताउ अभियान अन्र्तगत पुर्वी बाकामलाङ्ग देखि पश्चिम बंल्डेङ्गगढी सम्मका नागरिकहरूको घरघरमा पुग्ने र जनताका समस्या पहिचान गर्ने, भेटघाट गर्ने अभियान सञ्चालन गरेको बताउनुभयो ।

कम्युनिस्टका कारण अहिले देशमा जनताले नेपाली काङ्ग्रेस पाटी खोजी रहेको बताउदै आगामी निर्वाचनमा नेपाली काङ्ग्रेस पहिलो पाटीहुने बताउनुभयो ।
अहिले देशै भरि नेपाली काङ्ग्रेसमा प्रवेश गर्ने नेता तथा कार्यकर्ता लहर चलेको बताउदै आगामी दिनमा पाटीमा आगमन हुनु भएका नेता तथा कार्यकर्तालाई कुनै न कुनै माध्यमबाट जिम्मेवारी प्रदान गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाली काङ्ग्रेस पाल्पाका उपसभापति झपेन्द्र गैरे,नेपाली काङ्ग्रेस क्षेत्र न २ का क्षेत्रीय सभापति मुक्तिराम जिसी,महासमिति सदस्यशंकर रायमाझी,महासमिति सदस्य रामकार्की,नेपाली काङ्ग्रेस नेताएवम रैनादेबी छहरा गाउँपालिकाअध्यक्ष रामबहादुर कार्की लगाएतले मन्तव्य राख्नु भएको थियो ।