विष्णु घिमिरे
चीनको वुहानबाट सुरु भएको कोरोना भाईरस नेपालका कुना कुना सम्म फैलियो । कोरोना संक्रमणले बगनासकाली गाउँपालिका पनि अछुतो रहेन । अहिले कोरोनाका कुरा गर्दा सामान्य जस्तो लाग्न थालिसकेको छ । अधिंकाश मानिसहरुले कोरोना विरुद्धको खोप लगाइसकेका छन् । तर जव कोरोना संक्रमण फैलदो थियो त्यतीवेलाको अवस्था सम्झदा कहालीलाग्दो थियो ।
दैनिक २ सय बढी विरामीहरुले ज्यान गुमाइरहेका थिए, हजारौं मानिसहरु अस्पतालमा छटपटाइरहेका थिए । कोरोनाको पहिलो संक्रमण र दोश्रो संक्रमणको अवस्था वास्तवमै कहालीलाग्दो थियो । कोरोना संक्रमण रोकथाम र नियन्त्रणमा नेपालका स्थानीय सरकारहरुले खेलेको भुमिका भुल्न नहुने खालको छ । देश संघियतामा गएसंगै पहिलो स्थानीय तह निर्वाचनको तेस्रो वर्षबाट सुरु भएको कोरोना संक्रमण स्थानीय सरकारहरुको पहलमा धेरैहद सम्म नियन्त्रण भएको थियो भन्न कुनै हिचकिचाउनुपर्ने देखिन्न ।
यीनै स्थानीय सरकारहरुको कुरा गर्दा पाल्पाको बगनासकाली गाउँपालिकाको भुमिका र कामलाई भुल्न सकिदैन । संघियता पछाडी सिंहदरवारको अधिकार घरघरमा भन्थे, त्यो अधिकार त आयो आएन फरक प्रसंगमा कुरा गरौला, तर स्थानीय सरकार नभएको भए, कोरोना संक्रमण नियन्त्रण गर्न गाहे पर्ने कुरालाई नर्कान सकिन्न ।

पाल्पाको बगनासकाली गाउँपालिकाले कोरोना संक्रमणको सुरुवातदेखी हालसम्म नियन्त्रण र रोकथामका प्रयासहरुलाई यहाँ केही उल्लेख गरिएको छ ।

सीमानामा अलपत्र परेका ५ सय वढी नागरिकहरुलाई घर फर्कने व्यवस्था ः जव कोरोना संक्रमण फैलन थाल्यो, भारत तथा तेस्रो मुलुकहरुबाट बगनासकालीका नागरिकहरु घर फिर्ता हुन थाले । कोही विरामी त कोही रोजगारी गुमाएपछी घर फर्केका नागरिकहरुलाई नेपाल र भारतको सीमामै अलपत्र हुनु परो । कोरोनाका कारण देश व्यापी बन्द भएपछी सवारीसाधनको अभावमा सीमानामा अलपत्र त्यस्ता ५ सय वढी नागरिकहरुलाई बगनासकाली गाउँपालिकाको समन्वयमा घर फिर्ताको व्यवस्था मिलाएको थियो ।

विदेश तथा अन्य स्थानबाट घर फर्केकाहरुलाई क्वारेन्टिनमा बस्ने व्यवस्था ः घर फिर्ता भएका नागरिकहरु सोझै आफ्नै घर जानसक्ने अवस्था थिएन् । कतियप संक्रमित भएर फकिएका थिए । उनीहरुको परीक्षण भएको थिएन् । पीसीआर परीक्षण गरी निको नहुञ्जेलको लागि अस्थायी क्वारेन्टिनको व्यवस्था बगनासकाली गाउँपालिकाले १० वटा विद्यालयहरुमा गरेको थियो ।

१० हजार वढीको पीसीआर तथा एन्टिजेन परीक्षणको व्यवस्था ः बगनासकाली गाउँपालिकाले कोरोना संक्रमण सुरु देखी हालसम्म करिव १० हजार यहाँका नागरिकहरुको निशुल्क पीसीआर तथा एन्टिजेन परीक्षणको व्यवस्था मिलाएको थियो ।

घरघरमै गई ६ सय बढी पोजेटिभहरुलाई औषधी वितरण र स्वास्थ्य परीक्षण ः कोरोना संक्रमणको दोश्रो चरणमा जव संक्रमितहरु घर घरमै आइसोलेट भएर बस्न थाले उनीहरुको स्वास्थ्य अवस्था बुझ्न र उपचारको व्यवस्था बगनासकाली गाउपालिकाले व्यवस्था मिलाएको थियो । यस दौरानमा ६ सय बढी संक्रमितहरुलाई गाउपालिकाका स्वास्थ्यकर्मीहरु घरघरमै पुगेर कोरोना विरुद्धका औषधीहरु वितरण गरेका थिए ।

अक्सिजन सहितको आइसोलेसनको व्यवस्था । ३१ जनालाई आइसोलेसनमा राखी उपचार । ः अक्सिजनको आवश्यकता परेका जटिल विरामीहरुलाई बगनासकाली गाउँपालिकाले वडा न. २ को पोखराथोकमा आइसोलेसन अस्पताल निर्माण गरी उपचार गरेको थियो । १० वेडक्षमताको कोरोना अस्पतालमा १ जना मेडिकल अधिकृत, ४ जना स्वास्थ्यकर्मी, १ जना सहयोगी सहित संचालित कोरोना अस्पतालमा २४ सै घण्टा अक्सिजन सहित स्वास्थ्यकर्मीले उपचार गर्ने व्यवस्था गरिएको आइसोलेसनमा ३१ जनाले उपचार गराएका थिए भने उनीहरु मध्ये ३० जना नीको भएर घर फर्के त्यस्तै १ जनाले ज्यान गुमाएका थिए ।

आर्थिक अवस्था कमजोर भएकाहरुलाई अस्पताल खर्च गाउँपालिकाले नै तिर्ने व्यवस्था । ः पहिलो चरणको कोरोना संक्रमणको वेला जटिल केशका कारोना संक्रमितहरुको उपचार बगनासकाली गाउँपालिकाले गर्ने व्यवस्था मिलाएको थियो । तानसेन स्थित लुम्बिनी मेडिकल कलेज र युनाइटेड मिसन अस्पतालमा यस्ता जटिल केशका विरामीहरुको लागि उपचारखर्च गाउपालिकाले वेर्होने व्यवस्था मिलाएको हो ।

गाउँपालिकाका १ हजार वढी पोजेटिभहरुलाई औषधी र परामर्शको व्यवस्था । ः कोरोना संक्रमणको झण्डै ३ वर्षको यो अवधीमा बगनासकाली गाउपालिकाका झण्डै १ हजार बढीलाई कोरोना संक्रमण पुष्टि भयो । यसरी कोरोना संक्रमण पुष्टी भएका र गाउँपालिकाको संर्पकमा आएका १ हजार जनालाई गाउपालिकाले स्वास्थ्य परार्मश र औषधीहरु वितरण गरेको थियो ।

कोरोनाका कारण ज्यान गुमाएका ३० परिवारलाई दाहसंस्कार खर्च वापत २५ हजारको दरले वितरण । ः कोरोना संक्रमणको दोश्रो चरणमा जव धेरै मानिसहरुले कोरोनाका कारण ज्यान गुमाए । बगनासकाली गाउपालिकाले दाहसंस्कार खर्च व्यवस्थ ागर्ने निर्णय ग¥यो । कोरोनाका कारण ज्यान गुमाउने परिवारलाई दाहसंस्कार खर्च वापत प्रति परिवार २५ हजारको दरले उपलब्ध गरायो । यो निर्णय गरेसंगै कोरोनाका कारण ज्यान गुमाउने ३० परिवारले २५ हजारको दरले दाहसंस्कार खर्च लिएका छन् ।

कोरोनाका कारण ज्यान गुमाएकाहरुलाई दाहसंस्कारको व्यवस्था । ः कोरोना संक्रमणको पहिलो चरणमा जव मानिसहरु कोरोना संक्रमित भनेपछी हेर्न र छुन सम्मपनि डर मान्दथे । त्यतीवेला कोरोनाका कारण ज्यान गुमाउनेहरुको परिवारले दाहसंस्कार गर्न अत्यान्त जटिल थियो । मानिसहरु मलामी जादैनथे, परिवार एक्ले हुन्थे त्यो विषम परिस्थीतीमा बगनासकाली गाउपालिकाले नेपाली सेना तथा स्वास्थ्यकर्मीहरुको सहयोगमा दाहसंस्कार गर्ने व्यवस्था समेत मिलाएको थियो ।

कोरोना संक्रमणको सुरुदेखी अहिलेसम्मको अवस्था हेर्दा यो अत्यन्तै जटिल स्थीतिबाट सहज हुदै गएको छ । कोरोना संक्रमित भनेपछी नामनै लिन नहुने, छुन, वोल्न डराउने स्थीति थियो । त्यो विषय स्थीतिबाट गुज्रिदै अहिलेको अवस्थामा आउदा ती कुराहरु कहानी जस्ता हुदै गएका छन् ।
बगनासकाली गाउपालिका पाल्पाले कोरोना संक्रमणको सुरु देखी अहिलेसम्मको अवस्थामा आउदा निकै सहनीय काम गरेको देखिन्छ । अहिले यो गाउपालिकामा १४ हजार वढीले दुवै डोजका खोप समेत लिइसकेका छन् । शत प्रतिशत खोप गराउने लक्ष्य लिएको बगनासकालीमा ९७ प्रतिशतले खोप लिएको वताइएको छ ।