विष्णु घिमिरे
पाल्पा । ९ चैत्र ।
तिनाउ गाउँपालिका पाल्पाको चालु आर्थिक वर्षमा कार्यक्रम प्रगती ५० प्रतिशत पुगेको छ । विगतका वर्षहरुको तुलनामा यो आर्थिक वर्षमा कार्यक्रम प्रगती वढेको हो । चालु आर्थिक वर्ष स्थानीय तहको निर्वाचनको वर्ष समेत रहेकोले गाउँपालिकाले योजना तथा कार्यक्रमहरुको सम्झौता, कार्यान्वयन र फरफारकको गती बढाएको हो ।
तिनाउँ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठले भौतिक पूूर्वाधार तर्फ वडागत योजनाहरु ८३ प्रतिशत सम्झौता भएको जानकारी दिनुभयो ।उहाँका अनुसार वडा नं. १ मा ६७, वडा नं. २ मा ४८, वडा नं. ३ मा ३८, वडा नं. ४ मा ३६, वडा नं. ५ मा ३६, वडा नं. ६ मा ५६ र दशैं बाटो सोरसारका १३ गरी २ सय ९४ वटा योजनाहरु सम्झौता भएकोमा १ सय १६ वटा वडागत योजनाहरु फरफारक भईसकेको जानकारी दिनुभयो ।
त्यस्तै संघीय विशेष योजना अन्र्तगत चिउरेपानी लिफ्ट खानेपानी योजना ७२ प्रतिशत, संघीय समपुरक योजना अन्र्तगत झुम्सा–मरेक –मस्याम मोटरबाटो काम चलिरहेको, समपुरक योजना (गाउपालिका र प्रदेश)को ५० प्रतिशत सम्पन्न भइसकेको श्रेष्ठले पाल्पापाटी संगको कुराकानीमा बताउनुभयो । तिनाउ गाउपालिकाको वडा भवनहरु मध्ये वडा नं. ३ को ७२ प्रतिशत, वडा नं. ४ को ६६ प्रतिशत, वडा नं. ५ को ६३ प्रतिशत, र वडा नं. ६ को ७८ प्रतिशत काम सम्पन्न भएको गाउपालिकाले जनाएको छ । चालु आर्थिक वर्षमा सम्पन्न हुने वडा भवनहरु रहेका छन् ।
तिनाउ गाउपालिकामा चालु आर्थिक वर्षको ८ महिना पुरा हुदा कृषि विकास तर्फ ५० प्रतिशत, पशु सेवा तर्फ ५० प्रतिशत, स्वास्थ्य तर्फ सर्शत ४३, निर्शत ३५ प्रतिशत काम सम्पन्न भएको बताइएको छ । चालु आर्थिक वर्षमा २४ करोड १५ लाख आम्दानी भएको खर्च प्रतिशत ४७ रहेको छ । गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रेष्ठका अनुसार भूकम्प पूर्ननिर्माण अन्र्तगत ४६ वटा घरधुरीहरु लाभान्वित भएको, १ हजार ९ सय ८ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, १ सय २ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा आवद्ध भएको बताइएको छ ।
तिनाउ गाउपालिकाले फुस रहित घर अभियान अन्र्तगत ५४ घरधुरीलाई ५० हजारको दरले जस्तापाता खरिदको लागि भुक्तानी दिएको छ । तिनाउ गाउँपालिका पाल्पाका अध्यक्ष ओम बहादुर घर्तीमगरका अनुसार तिनाउ गाउँपालिकालाई फुसको छाना रहित गाउँपालिका बनाउने अभियान अन्र्तगत जस्तापाता वितरण गरिएको उल्लेख गर्नुभयो । अध्यक्ष घर्ती मगरले तिनाउ गाउँपालिका पाल्पालाई वालमैत्री स्थानीय शासनयुक्त गाउँपालिका बनाउने अभियान सुरु भएको बताउनुभयो । “वालमैत्री स्थानीय शासन कार्यक्रममा गरिने क्रियाकलापहरु तय गरेका छौं । यो वर्ष देखी अभियान सुरुभएको छ । ” अध्यक्ष घर्तीमगरले पाल्पापाटी संगको कुराकानीमा भन्नुभयो । त्यस्तै न्यायिक समितिमा परेका ६ उजुरी मध्ये ५ फरछयौट गरिएको छ । त्यस्तै ७० वर्ष माथीका ज्येष्ठ नागरीकका लागि घरमै गई स्वास्थ्य परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ ।