पाल्पा । १५ फाल्गुण

होटल पौवाले शिवरात्रीको अवसरमा ग्राहकहरुलाई भजनकिर्तनमा नचाउने भएको छ ।
शिवरात्रीका दिन पौवाका सबै शाखाहरुमा विशेष पुजाअर्चना गर्दै दिनभरी भजनकिर्तनमा ग्राहकलाई नचाउने कार्यक्रम राखिएको होटल पौवाले जनाएको छ । “यसबर्षको शिवरात्री पौवा संग मनाउँ । संगसंगै मनाउँ संगसंगै खाउँ” भन्ने मुल नाराका साथ होटल पौवाका सबै शाखाहरुमा शिवरात्री विशेष कार्यक्रम राखिएको पौवा ग्रुपका ब्राण्ड विभाग प्रमुख विष्णु भण्डारीले जानकारी दिनुभयो ।
होटल पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृती अनुसारका परिकारहरु ग्राहकहरुलाई खुवाएर परम्परागत खानाको संरक्षण गर्ने अभियान स्वरुप यस्तो कार्यक्रम राखिएको पौवा ग्रुपका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताउनुभयो ।
ज्ञवालीका अनुसार पौवाको रुपन्देहीमा २ वटा, कपिलबस्तुमा १, दाङमा ३, पाल्पामा १, गुल्मीमा १, सुदुरपश्चिमको धनगढीमा १, कर्णालीको जुम्लामा १, गण्डकी प्रदेशको चितवनमा १ शाखा सञ्चालनमा आईसकेको र यसको उद्देश्य भविश्यमा १ सय वटा पौवा सञ्चालन गरि ग्राहकलाई उच्च स्तरिय सेवा सञ्चालन गरिने योजना छ ।
यसैबीच होटल पौवा पाल्पा शाखाले पनी महाशिवरात्रीको अवसरमा परम्परा अनुसार बिहानै देखी शिवको पुजा आराधना गर्ने, साँझ ५ बजे देखी ८ बजे सम्म भजनकृतन सहित प्रसाद वितरण गर्ने व्यवस्था मिलाएको पाल्पा शाखा प्रमुख सरोज भण्डारीले बताउनुभयो ।
पौवाले नेपालमा मनाईने हरेक पर्व र सांस्कृतिक महत्व राख्ने दिनहरुमा परम्परा र संस्कृति अनुसार ग्राहकहरुलाई परिकार खुवाएर परम्परागत रैथाने खानाहरुको संरक्षण गर्ने अभियान थालेको छ । माघ १ गते पनि पौवाका शाखा रहेका स्थानहरुमा बसोबास गर्ने जाती विषेशको परिकार तयार गरि ग्राहकहरुलाई सेवा दिएको थियो ।