पाल्पा ५ माघ
जिल्लाको तिनाउ गाउँपालिका अध्यक्ष ओम बहादुर घर्ती मगरले विद्यालयको अध्ययन अध्यापनमा विधुतिय उपकरणको माध्यमबाट आधुनिक शैक्षिक सामाग्री प्रयोग बढाउनुपर्ने बताउनुभएको छ । त्यस्का लागि तिनाउ गाउँपालिकाले माध्यमिक विद्यालयहरूमा ईन्टरनेट,कम्युटरको व्यवस्था शुरू गरेको र अब सबै विधालयहरूमा क्रमश इन्टरनेट,कम्युटर,प्रोजेक्टरको व्यवस्था गरि शिक्षकहरूलाई प्रविधिको प्रयोग गर्न तालिमको व्यवस्था गरिने बताउनुभयो । पृथ्वी प्रकाश मा वि तिनाउ ४ सत्यवतीको ६४ औ बार्षिकोत्सव समारोहमा प्रमुख अतिथि रूपमा मन्तव्य राख्दै उहाले उक्त कुरा बताउनुभएको हो ।

कार्यक्रम वडा न ४ क वडा अध्यक्ष दान बहादुर गाहा,वडा सदस्यहरू गिर बहादुर आले,समाजसेवी देव सि दर्लामी,व्यवस्थापन समितिका पुर्व अध्यक्षहरू लाल बहादुर दर्लामी र तिलक सि चिदी,व्यवस्थापन समितिका सदस्यहरू लुक माया राना,यम बहादुर राना,भीम बहादुर घर्ती लगाएतले शुभकामना मन्तव्य राख्नुभएको थियो । विधालयका सहायक प्रधानाध्यापक दुर्गा चौहानको स्वागतबाट शुरू भएको कार्यक्रमको अध्यक्षता विधालय व्यवस्थापन समितिका अध्यक्ष तुल बहादुर आलेले गर्नुभएको थियो । कार्यक्रमको संचालन शिक्षक कृष्ण प्रसाद रेग्मीले गर्नुभएको थियो ।


विधालयका प्रधानाध्यापक भिमिसरा सुनारीले १ करोड ७६ लाख बराबरको बार्षिक आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो । विगत ४ बर्ष भित्रमा तिनाउ गाउँपालिकाको सहयोग र सिफारिसमा ७२ लाखको ४ कोठे भवन ,१५ लाख र ६ लाख ५० हजारको २ वटा शौचालय निर्माण ,विधालयमा

कम्प्युटर,खानेपानी,विधुतीकरण,कम्पाउण्ड वाल निर्माण,तारवार,फर्निचर खरिद,अधुरो ४ कोठे भवनलाई पुर्णता दिने,रंगरोगन,होस्टेलको व्यवस्था ,कक्षा ११ र १२ मा सञ्चालन शुरू लगाएतका काम गर्न सफल भएको बताउनुभयो । उक्त विद्यालयमा कक्षा १ देखि १२ सम्म ४ सय भन्दा बढी विद्यार्थीले अध्ययन गरिरहेका छन ।

One thought on “आधुनिक शैक्षिक सामाग्री प्रयोग बढाउनुपर्छ : अध्यक्ष घर्तीमगर”

Comments are closed.