पाल्पा । नेकपा एमाले पाल्पाले बुधवाार पत्रकार भेटघाट मार्फत पार्टीको धारणा सार्वजनिक गरेको छ । पार्टीको तर्फबाट जारी प्रेस बिज्ञप्ति प्रस्तुत गर्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष धनेन्द्रराज घिमिरेले एमाले पार्टी पाल्पाको पहिलो पार्टीको रुपमा रहेकोले यसलाई कायम राख्दै जनताको पक्षमा लागिरहने बताउनुभयो ।

पार्टीद्धारा जारी बिज्ञप्तिमा राज्यका तिनै अंग जनताको नजरमा आलोचित हुँदै जनताको बिश्वास गुमाइ रहेका बेला ति अंगलाई जिम्मेवार बनाउनु पर्ने, बैसाख मसान्त भित्रै स्थानियतहको निर्वाचन भैसक्नुपर्ने संबैधानिक र कानुनी मान्यतालाई कुल्चदै सरकार देशलाई जनप्रतिनिधि बिहिन उद्धत भएकोमा गम्भीर ध्यानाकर्षण भएको साथै संबैधानिक र कानुनी व्यवस्था बमोजिम लोकतन्त्रको आधार स्तम्भकोरुपमा रहेको स्थानीयतहको निर्वाचन निर्वाचन आयोगको सिफारिस बमोजिम निर्धारित समयभित्र सम्पन्नगर्न तत्काल स्थानियतहको मिति घोषणागर्न सरकारसंग जोडदार माग गरिएको छ ।

कोरोनाको तेस्रो लहरका कारण उत्पन्न भय, त्रास र निरासा बढ्दैजान थालेकाले जनताको जीवन रक्षाका लागि कोविड बिरुद्धको बुष्टर खोप पर्याप्त व्यवस्था गर्दै परिक्षण्को दायरा बढाउन र कोरोना नियन्त्रणका उपायहरु अवलम्वन गर्न संबन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।
बिज्ञप्तीमा पेट्रोलियम पदार्थका साथै आधारभूत उपभोग्य बस्तुको मुल्यबृद्धिले कृत्रिम अभाव देखिन थालेकोले जनतामा चरम निराशा उत्पन्न भएकोले सरकारलाई जिम्मेवार बन्न ध्यानाकर्षण गराइइको छ ।

त्यस्तै बिज्ञप्ति मार्फत पाल्पा जिल्लाका डाँडापाखामा रहेका चुनढुङ्गा र प्राकृतिक सम्पदाहरुको प्रयोग र उपभोगमा अनियमितता र अपारदर्शी ढंगबाट दोहन भइरहेको संचार माध्यमबाट आएको खबरले हाम्रो पार्टीको ध्यानाकर्षण भएको र संवन्धित निकायले आवस्यक छानविन र नियमन गरि दोषी उपर कार्यवाहीको माग गरिएको छ ।

यस्तै बुटवल तानसेन सडकखण्ड अन्र्तगत सिद्धबाबा खण्डमा निर्माण हुने सुरुङमार्ग र सिद्धार्थ राजमार्ग स्तरबृद्धिमा हुन गइरहेको बिलम्ब प्रति दुःख व्यक्त गर्दै उक्त आयोजनाहरु तत्काल अगाडि बढाउन र योजना निर्माणमा भएको ढिलासुस्ती, लार्पवाहीका कारण समयमै आयोजना सम्पन्न हुन नसक्ने र टिकाउ नहुने देखिएकोले नियमनकारी निकाय साथै नेपाल सरकारको ध्यानाकर्षण गराइएको छ ।
सो अवसरमा नेकपा एमाले पोलिटब्युरो सदस्य ठाकुर गैरेले जनताले आफ्नो जनप्रतिनिधि चुन्ने र चुनिन पाउने अधिकारलाई बर्तमान सरकारले बञ्चित गर्न खोजेको बताउनुभयो । एमाले पाल्पाका प्रचार बिभाग प्रमुख गुँरास आत्रेयको स्वागत, जिल्ला सचिव रामजी पोखरेलको संचालन र जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरेको अध्यक्षतामा कार्यक्रम चलेको थियो ।