नेकपा (एमाले) तानसेन नगर कमिटी बैठक सम्मप्न भएको छ । तानसेन नगरपालिका भित्रका जिल्ला कमिटी सदस्य र वडा अध्यक्षकाे उपस्थितिमा भएको बैठकले संबिधान अनुसार ताेकिएकाे समयमै स्थानिय तहकाे निर्वाचन गर्न सरकारलाई माग गर्ने निर्णय गरेकाे छ ।

संविधान अनुसार स्थानीय तहकाे निर्वाचनको मिति अहिलेसम्म सरकारले घाेषणा गरिसक्नुपर्नेमा सरकार जनताका प्रतिनिधिले बनाएकाे संबिधान असफल गराउने बाटोमा हिडेकाे नेकपा एमाले पाेलिटव्युराे सदस्य ठाकुर गैरेले बताउनुभयाे । बैठकमा एमाले पाल्पा अध्यक्ष धनेन्द्रराज घिमिरेले अहिलेकाे सरकार सबैतिरबाट असफल भएको बताउदै जिल्लामा चुनढुङ्गा खानी सञ्चालनले जनतामा फाईदाभन्दा धेरै बेफाइदा बढि भएको गुनासाे अाएकाेले एमालेकाे गम्भीरताका साथ ध्यानाकर्षण भएको बताउनुभयाे । कार्यक्रममा एमाले लुम्बिनी प्रदेश सदस्य अशाेक कुमार शाही, नारायणी शर्मा, जिल्ला उपाध्यक्ष देविलाल लामिछानेले काेविड समस्याका लागि स्वास्थ मापदण्ड अपनाउदै बैठकका निर्णयहरु कार्यान्वयन गरेर अगाडि बढ्न अनुराेध गर्नुभयाे । बैठक उपसचिव मित्रलाल नेपालीकाे सञ्चालन, सचिव महेश शाक्यको स्वागत र अध्यक्ष गुराँस अात्रेयकाे अध्यक्षता चलेकाे थियाे ।