पाल्पा । २९ पौष ।
जिल्लाको रिब्दीकोट गाउँपालिकाले दशौँ गाउँसभा सम्पन्न गरेको छ । गाउँपालिकाले विभिन्न विधेयक, ऐन, नियम, कार्यविधि र गाउँ कार्यपालिकाले गरेका निर्णयहरु माथि छलफल एवम अनुमोदन गरि १० औं गाउँसभा सभा सम्पन्न गरेको छ । पालिकाको सभाहलमा आयोजित उक्त गाउँसभा संसदिय अभ्यास झल्‍को दिने गरि गाउँसभा आयोजना गरिएको थियो । संसदिय अभ्यास मार्फत सञ्चालन गरिएको गाउँसभाको शुभारम्भ गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले गर्नुभएको थियो ।

सभामा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सीले आर्थिक बर्ष ०७८/७९ न्यायिक समितिमा गत आर्थिक बर्षबाट यस आर्थिक बर्षमा सारिएका मुधा सख्या २ ,चालू आर्थिक बर्षमा दर्ता भएका मुधा सख्या १४ वटा,गरि जम्मा १६ वटा जस्मा फछ्र्यौट भइ किनारा लागेका मधा ६ वटा र प्रकृयामा रहेको १० वटा मुधा रहेको बताउनुभयो । शिक्षा शाखा तर्फ कुल सोह् करोड चवन्न लाख बजेटबाट तीन करोड चौरासी लाख पाच हजार आठ सय चवन्न खर्च भइ करिब २३ प्रतिशत बजेट खर्च भएको बताउनुभयो । कृषिमा उत्पादनमा आधारित अनुदान कार्यक्रम टमाटरमा कुल रूपैयाँ २ लाख ८० हजार वितरण,१ दिने बाली उपचार शिविर जसबाट ३९ घर लाभान्वित,खाधान बाली बीउ उपयोगमा मुल्य अनुदान कार्यक्रमबाट १९५ घरधुरीलाई गहुको बीउ वितरण, १६ सय के जी उन्नत तोरीको बीउ वितरण,३ वटा नयाँ कृषि फर्म दर्ता,रिब्दीकोटको ८ वटै वडामा अकबरे खुर्सानी सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।


पशु विकास शाखा तर्फ हाल सम्म १६ वटा फर्म दर्ता,४ हजार ९६ वटा पशु स्वास्थ्य उपचार,नेपाल लाईभेस्टर सेक्टर ईनोभेसनबाट १० वटा बाख्राको खोर निर्माण गरिएको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम तर्फबाट ९ सय ४३ बेरोजगार सुचिकृत व्यक्तिको इ एम आई ईश प्रविष्टि गरिएको,कार्यपालिकाको बैठकबाट १६ वटा आयोजनामा सञ्चालन गरि रोजगार सिर्जना,पञ्चिकरण तर्फ जन्म ३५४,मृत्युु १५१,विवाह १४७,सम्बन्ध बिच्छेद १२ र बसाइँसराइ ६८ भएको बताउनुभयो ।

घर अभिलेखिकरण तर्फ हाल सम्म ४ सय १९ वटा घरको अभिलेखिकरण सम्पन्न गरिएको ,महिला तथा बालबालिका विकास शाखा तर्फ १६ दिने लैङ्गिक हिसा विरूद्व अभियान सञ्चालन,८ वडामा एकल महिला समूह गठन एवम एकल महिलाको उत्थानको लागि ११ लाख ४५ हजार लगानी,अपांगता परिचय पत्र वितरण,सुचना प्रविधि शाखा तर्फ बैंकिङ्ग साक्षरता कार्यक्रम सञ्चालन,पुननिर्माण शाखा,योजना तथ पुर्वाधार शाखा,स्वास्थ्य शाखा उधम विकास,आयुवेर्दिक,राजस्व शाखा,लेखा शाखाको प्रतिवेदन चालू बिनियोजित बजेट अनुसार ३१ करोड ६१ लाख ९३ हजार र पुजीगत तर्फ विनियोजित २० करोड ५८ लाख ९८ गरि जम्मा ५२ करोड २० लाख ९१ हजार रूपैयाँ रहेकोमा हाल चालू तर्फ ८ करोड ५१ लाख ८ हजार खर्च भएको र पुजीगत तर्फ २ करोड ९१ लाख ९८ हजार खर्च भएको बताउनुभयो । कार्यक्रममा अध्यक्ष जि सीले गाउँसभा स्थानीय सरकार आए सँगै नौलो कार्य रहेको बताउनुभयो । संसदीय अभ्यासलाई स्थानीय स्तरमा प्रयास गर्दा जनप्रतिनिधिहरूले गरेका कार्यहरू एवम आगामी दिनमा गर्न सकिने कार्यहरूको बारेमा समेत समिक्षा गर्न सकिने बताउनुभयो ।

गाउँसभा मार्फत पालिकामा सञ्चालन योजनाको प्रभावकारीता, जनगुनासोलाई समेत समेटिने र पालिका स्तरमा निर्माण गरिएका एेन नियमको निर्माण एवम छलफलका लागि गाउँसभाले महोत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । गाउँपालिकाले पालिकालाई अकबरे खर्सानीको पकेट क्षेत्रको रूपमा विकास गर्ने,पालिकाको दुधलाई पालिकामा व्यवस्थित गर्नका लागि पालिका स्तरीय संकलन केन्द्रको स्थापना एवम सञ्चालन,पालिकाका नागरिकहरूलाई सुचना प्रविधिमा जोड्नका लागि स्माट टोल कार्यक्रम,कृषि उपजमा अनुदान प्रदान,कृषकहरूलाई साहायक सामाग्री हस्तान्तरण,पालिकाको भैरवस्थानमा जिपलाई ,मौसमी राडर ,वडा न ५ मा कोल्डर स्टोर सञ्चालनको गरिने र आगामी निकट भविष्यमा पालिकाका वडाहरूमा वडा स्तरको कोल्ड स्टोर सञ्चालन,सडक विस्तार एवम एक घर एक धारा अभियान सञ्चालन गरिएको बताउनुभयो ।
गाउँसभाबाट गाउँपालिकाको योजना तर्जुमा प्रकृयामा युवा सहभागी सम्बन्ध कार्यविधि र युवा मैत्री स्थानीय तह कार्यक्रम संचालन सम्बन्धि कार्यविधि स्वीकृति गरि पारित गरिएको छ ।

सभामा वडा न १ का वडा अध्यक्ष बिष्णु प्रसाद खनाल,वडा न २ का वडा अध्यक्ष रामचन्द्र नेपाल,वडा न ३ का वडा अध्यक्ष विष्णु प्रसाद खनाल,वडा न ४ का वडा अध्यक्ष दुर्गा खनाल,वडा न ५ बाट कार्यपालिका सदस्य सीता आर्चाय,वडा न ६ का वडा अध्यक्ष तुल बहादुर जि सी,वडा न ७ का वडा अध्यक्ष निल बहादुर रास्कोटी र वडा न ८ का वडा अध्यक्ष नारायण लामटाङ्गेले वडामा सञ्चालित योजनाहरूको बारेमा जानकारी गराउनु भएको थियो ।

सभामा गाउँपालिका अध्यक्ष नारायण बहादुर जि सी र उपाध्यक्ष लक्ष्मी खनालले सभामा उठेका गुनासहरू माथि जवाफ दिनुभएको थियो । सभामा पालिकाका कर्मचारीहरू,एवम पत्रकारहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत मणि खनालको सञ्चालनमा सम्पन्न भएको थियो । भैरवखवर बाट