पाल्पा २२ पौष । ०७८ ।
जिल्लाको बगनासकाली गाउँपालिकाले नागरिकहरूको गुनासो सुन्नको लागि एक कार्यक्रम बिच सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको छ । सुन्दर,शान्त,समृद्ध,सभ्य बगनासकाली गाउँको सार ,आर्थिक,सामाजिक,पर्यटन र पुर्वधार विकासको दिगो आधार भन्ने नाराका साथ बगनासकाली गाउँपालिकाको आर्थिक सहयोग र पाल्पा विकास केन्द्रको आयोजनामा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकृय अधिकृत बिष्णु घर्तीले गत आर्थिक बर्ष २०७७/०७८ तथा चालु आर्थिक बर्ष २०७८/८९ मा भएको गतिविधिका बारेमा जानकारी गराउनु भएको थियो । प्रमुख प्रशासकृय अधिकृत घर्तीको प्रतिवेदन अनुसार आर्थिक बर्ष २०७७/०७८ मा भौतिक निर्माण कार्य प्रगति तर्फ नयाँ बाटो ट्रयाक खोल्ने कार्य ८।६ किमि,सडक स्तर उन्नति गर्ने कार्य ७६।८ किमि,खानेपानी योजना निर्माण कार्य १३ वटा भवनतर्फ स वडा कार्यालय भवन निर्माण १ वटा,सामुदायिक भवन निर्माण २२ वटा,विद्यालय भवन निर्माण ५ वटा,स्वास्थ्य चौकी भवन निर्माण ३ वटा,आर सिसि बाटो ढलान ३ सय २९ मिटर,सिचाइ कुलो निर्माण ३२० खेल मैदान निर्माण ५ वटा,नदि नियन्त्रण तथा घाट व्यवस्थापन १ वटा र विद्यालय शौचालय निर्माण २ वटा रहेको बताउनुभयो । जस अन्तर्गत वितिय प्रगति तर्फको चालु र पुजीगत बजेट गरि विनियोजित ४८ करोड ७२ लाख ४३ हजार र खर्च ४० करोड ३१ लाख ८२ हजार ४ सय ७३ रूपैयाँ रहेको र ८२।७४ प्रतिशत रकम खर्च भएको बताउनुभयो । आन्तरिक आय तर्फ ५१ लाख ७० हजार २ सय ९६ रूपैयाँ संकलन भएको बताउनुभयो । गाउँपालिकाले चालू आर्थिक बर्ष २०७८र०८९ मा भौतिक कार्य प्रगतिमा २०९ योजना सम्झौता सख्या,२० वटा योजना सम्पन्न सख्या,५ वटा समपुरकका योजना कार्यारम्भ,प्रशासकृय भवनको इ टेण्डर मुल्यांकनको चरणमा,नक्सा सम्बन्धी सर्जमिनको चरणमा,१०९ किमि बर्षायामको सडक सफा,५ वटा सडक स्तर उन्नति,१ खेल मैदान निर्माण,१ पौवा निर्माण र ७ वटा लक्षित वर्गतर्फका योजना सञ्चालनमा रहेको बताउनुभयो । वितिय प्रगति,प्रथम चौमासिक तर्फको चालू र पुजीगत कुल बजेट ४६ करोड २६ लाख ३२ हजार ४ सय ३७ रहेकोमा खर्च ६ करोड ७८ लाख १३ हजार ५ सय ७९ भएको बताउनुभयो । त्यस्तै संघिय सरकार र प्रदेश सरकारबाट समानीकरण अनुदान,सशर्त अनुदान,समपुरक अनुदान र बिशेष अनुदान गरि ७ करोड ८७ लाख २९ हजार रकम निकास भएको बताउनुभयो । गाउँपालिकाले आफै गाउँपालिकाको प्रतिक चन्ह निर्माण गरिएको र गाउँपालिका भएका विशेषहरूलाई उक्त प्रतिक चिन्ह मार्फत समेटेको बताउनुभयो । गाउँपालिकाले सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्नु अघि पालिकाका ९ वटै वडामा पुगी जनगुनासोहरूको संकलन गरेको थियो ।

कार्यक्रममा सहभागीहरूले मोटरबाटो,कृषि,एकल महिलाहरूलाई गाउँपालिकाले प्रदान गरेको सेवा सुविधा,पुल निर्माण,विधालयका संरचना निर्माण,स्वास्थ्य,खानेपानीका विषयहरूमा सवालहरू उठेका थिए र उक्त सवालहरूको जवाफ गाउँपालिका अध्यक्ष कृष्ण बस्याल,उपाध्यक्ष सरस्वती चिदी,प्रमुख प्रशासकृय अधिकृत विष्णु घर्ती लगाएत पालिकाका सम्बन्धि शाखाका कर्मचारीहरूले सवालको उपर जवाफ दिनुभएको थियो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा पाल्पाका दुई पालिका कसरी पहिलो बालमैत्री गाउँपालिका भए भन्ने सवालमा गाउँपालिका अध्यक्ष बस्यालले बगनासकाली गाउँपालिकाले विभिन्न प्रक्रिया पूरा गरि बालमैत्री स्थानिय शासन राष्ट्रिय रणनिति २०६८,बालमैत्री कार्यविधि २०७० बमोजिम बालमैत्रीका सुचकहरु पुरा गरी जिल्ला समन्वयबाट समेत अनुगमन गरि गत चैत्र १४ गते एक समारोहको आयोजना गरि सिंगो बगनासकाली गाउँपालिकालाई लुम्बिेनी प्रदेशकै पहिलो बालमैत्री गाउँपालिका घोषण गरिएको भन्दै स्थानिय तह घोषणा कार्यको लागि मूख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट अनुमति लिनुपर्ने भन्ने व्यवस्था हाल नयाँ बनेको घोषणा कार्य विधिमा भएको र सोही अनुसार पाल्पा जिल्लाको रम्भा गाउँपालिकाले यही पुष १९ गते बालमैत्री स्थानीय तह घोषणा भएको देखिन्छ । तर एक वर्ष अगाडी २०७७ चैत्र १४ मा घोषणा भै सकेको अर्को स्थानीय तह हुँदा हुँदै पहिलो भनी घोषणा गर्न सिफारिस गर्नु,जिल्ला समन्वय समिति आफुले निरिक्षण तथा अनुगमन गरेर पनि बगनासकाली गाउँपालिकालाई अनुगमन प्रतिवेदन नदिनु र रम्भा गाउँपालिकालाई विधिवत पहिलो स्थानीय तह घोषणा प्रयोजनार्थ अनुमति दिनका लागि सिफारिस गर्नु आपत्तिजनक भएको बताउनुभयो ।

कार्यक्रममा बगनासकाली पत्रकार समुहका उपाध्यक्ष भोजराज तिमिल्सिना,नेपाल पत्रकार महासंघ पाल्पाका सचिव यज्ञ मुर्ति तिमिल्सिना, उपभोक्ता हित संरक्षण मञ्च पाल्पाका अध्यक्ष माधव नेपाल,नेपाली काङ्ग्रेसका महासमिति सदस्य यमलाल तिमिल्सिना विभिन्न राजनीति दलका प्रतिनिधि,९ वटै वडाका वडा अध्यक्षहरू,पत्रकार एवम स्थानीयहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष कृष्ण बस्यालले गाउँपालिकाले नागरिकहरूको गुनासो एवम चासो सुन्नको लागि कार्यक्रम राखिएको बताउनुभयो । गाउँपालिकाले योजना एवम कार्यक्रम सञ्चालन गरिरहेको सन्दर्भमा आम नागरिकहरूको गुनासो सवालहरूको सुन्ने र ती सवालहरूको समाधान गर्नका लागि सार्वजनिक सुनुवाइले कार्यक्रम आयोजना गरेको बताउनुभयो । गाउँपालिकाको समग्र विकास निर्माण एवम अन्य कार्यका लागि साना योजनाहरू सञ्चालन गर्नका लागि वडा स्तरबाटै योजनाहरूको समझौता गर्ने कार्यको थालनी,बगनासकालीलाई फुसको छाना रहित गाउँपालिका,लुम्बिनी प्रदेशको पहिलो बालमैत्री गाउँपालिका घोषणा गरिएको र हाल नागरिकहरूको गुनासो सुन्न र ती गुनासोको समाधान गर्न सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गरेको बताउनुभयो । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी,गाउँपालिकाका प्रवक्ता लक्ष्मी अधिकारीले कार्यक्रममा बोल्नु भएको थियो । कार्यक्रम पाल्पा विकास केन्द्रका प्रमुख किरण कौशलको सञ्चालनमा सम्पन्न भएको थियो । भैरव खवर डटकम बाट