विष्णु घिमिरे
पाल्पा, ९ मंसिर ।
भोली देखी सुरु हुने नेकपा एमालेको केन्द्रिय महाधिवेशनमा पाल्पाबाट ६ हजार वढी कार्यकर्ताहरु सहभागी हुने भएका छन् । नेकपा एमालेको दशौं केन्द्रिय महाधिवेशनमा सहभागी हुन पाल्पाबाट ६ हजार वढी कार्यकर्ता चितवन सहभागी हुने भएको नेकपा एमाले पाल्पाले जनाएको छ ।
नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार पाल्पाबाट एक सय ठूला सवारीसाधन र ५० साना सवारीसाधनहरुमा कार्यकता जाने तयारी भएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।
नेकपा एमालेको दशौं केन्द्रिय महाधिवेशन यहि मंसिर १० देखी १२ गते सम्म चितवनमा आयोजना हुदैछ । नेकपा एमालेका अनुसार ५ लाख वढी एमाले नेता कार्यकर्ताहरु महाधिवेशनमा सहभागी हुने भएका हुन् ।