पाल्पा २४ कार्तिक
सार्वजनिक शिक्षामा लगानीको विषयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बगनासकाली गाउँपालिकामा भएको अन्र्तक्रिया कार्यक्रममा सार्वजनिक शिक्षामा लगानी र गुणस्तरको विषयमा छलफल भएको हो ।
सामाजिक स्रोत विकास केन्द्र नेपालको आयोजनामा भएको कार्यक्रमका सहभागीहरुले नेपालमा सार्वजनिक शिक्षामा लगानीको कमी भएको औल्याएका छन् । सार्वजनिक शिक्षालाई विदेशीको अनुदान र सहयोगमा भर पर्नुपरेको भन्दै आन्तरिक राजश्वबाट शिक्षामा लगानी गर्नुपर्ने बताएका हुन् ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले केन्द्र सरकारले कूल वजेटको ११ प्रतिशत मात्रै शिक्षामा लगानी गरेपनि बगनासकाली गाउँपालिकाले ३३ प्रतिशत वढी वजेट शिक्षामा लगानी गरेको बताउनुभयो । उँहाले बगनासकालीमा शिक्षामा लगानी बढाइएको बताउदै शिक्षकहरुले शिक्षालाई गरणस्तर बनाउन लाग्नुपर्ने बताउनुभयो । अध्यक्ष बस्यालले जवसम्म शिक्षकहरुले आफ्ना छोराछोरीलाई नीजि विद्यालय पठाएर आफुहरु सरकारीमा पढाउन जाने कुराको अन्त्य हुदैन तवसम्म सार्वजनिक शिक्षाले फड्को नमार्ने उल्लेख गर्नुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदी दर्लामीले सरकारी विद्यालयका शिक्षकहरुले गुणस्तर शिक्षामा लाग्नुपर्ने बताउदै राजनीतिक दलहरु पनि शिक्षकहरुलाई राजनीतिमा लगाउन नहुने उल्लेख गर्नुभयो । कार्यक्रममा शिक्षा शाखा प्रमुख गुणाराम खनालले शिक्षामा गरिएको लगानीको प्रतिफल लामो समयपछी हुने बताउदै विकास निर्माणजस्तो लगानीको प्रतिफल उतिखेरै खोज्न नहुने बताउनुभयो ।


एक्सन एड नेपालको सहयोगमा गएको बैषाख जेठमा नेपालका २ जिल्लामा सार्वजनिक शिक्षामा लगानीको विषयमा गरिएको अध्ययनको प्रतिवेदन सार्वजनिक गरिएको थियो । एक्सन एड नेपालका शिक्षा विद् देवेन्द्र प्रताप सेनका अनुसार स्थानीय तहको शिक्षाको वजेटवारे अधिकांस सरोकारवालाहरु अनविज्ञ रहेको, वजेट निर्माणमा शिक्षा सरोकारहरु सहभागी नभएको प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । शिक्षा विद् सेनका अनुसार कोरोना कालमा शिक्षा क्षेत्र अत्यान्त प्रभावित भएपनि स्थानीय तहहरुले वैकल्पिक शिक्षाको विषयमा खासै चासो नदेखाएको, विद्यालयहरुमा इन्टरनेट तथा प्रविधि विकास ध्यान दिन नसकेको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
छलफल कार्यक्रममा सामाजिक स्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरीले सार्वजनिक शिक्षामा लगानी भएपनि लगानी अनुसारको प्रतिफल नआएको बताउनुभयो । निर्देशक गिरीले नीजि विद्यालयमा अभिभावकहरुले सिदै पैसा भुत्तानी गरेको देखिएपनि सार्वजनिक शिक्षामा करको माध्यमबाट नीजिमा भन्दा बढी लगानी भएको स्मरण गराउदै सार्वजनिक शिक्षालाई सबैले चासोको विषय गराउनुपर्ने बताउनुभयो ।