पाल्पा । १५ कार्तिक
पाल्पाको वगनासकाली ८ बराङ्गदीमा कलाकार सम्मान तथा विविध सास्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । बराङ्गदी युवा समाजको आयोजनामा आगामी कार्तिक १८ गते कलाकार सम्मान तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना हुने भएको हो ।
कार्यक्रममा लोक दोहोरी गायिक सुमित्रा कोइराला, दोहोरी च्याम्पियनकी टप टेन सीता घिमिरे, कमल भटट्राई, सुमन गैरे, पुरन गाहा, नैना परियार, गणेश न्यौपाने, गणेश बस्याल, संगिता दर्नाल, दिपेश परियार, रुपेश कार्की लगायतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएका छन् । त्यसैगरी हास्यकलाकार नारायण बस्याल, स्थानीय पञ्चे वाजा तथा कलाकारहरुको प्रस्तुती रहने बताइएको छ ।
बराङ्गदी युवा समाजका अध्यक्ष दयाराज न्यौपानेका अनुसार स्थानीय कला र सस्कृतिको संरक्षण र जर्गेना गर्दै विभिन्न कलाकारहरुलाई सम्मान समेत गर्ने कार्यक्रम रहेको छ ।