विष्णु घिमिरे
पाल्पा ५, कार्तिक
नेकपा एमाले पाल्पाको वडा अधिवेशनको तयारी पुरा भएको छ । नेकपा एमालेको नया विधान अनुसार सबै वडाहरु तथा स्थानीय तहहरुमा अधिवेशन हुने भएकोले तयारी पुरा भएको नेकपा एमाले पाल्पाले जनाएको छ । नेकपा एमाले पाल्पाले आज आयोजना गरेको पत्रकार भेटघाटमा वडा तथा पालिका अधिवेशनको तयारी पुरा भएको जनाएको हो ।
नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यका अनुसार विखण्डन र अवसरवादलाई परास्त गर्दै समाजबादको मार्ग तय गर्ने उद्घोषका साथ प्रथम वडा तथा पालिका अधिवेशन हुन लागेको हो । प्रदेश सांसद समेत रहनुभएका अध्यक्ष आचार्यले सागंठनिक र वैचारिकरुपमा पार्टीलाई बलियो बनाउन वडा तथा पालिका अधिवेशन गर्न लागिएको बताउदै तयारी पुरा गरिएको जानकारी दिनुभयो ।
नेकपा एमालेको प्रथम वडा अधिबेशन यहि कार्तिक ६ गते पाल्पा जिल्लाका ८१ वडाहरु तथा ९ गते १० स्थानीयतहमा सम्पन्न हुदैछ । प्रमुख शक्तिको रुपमा रहेको नेकपा एमालेको पार्टी सदस्यहरुको सहभागीतामा हुने वडा तथा पालिका अधिवेशन उद्घाटन डिजिटल रुपमा अध्यक्ष एं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ । वडा अधिवेशनको लागी अध्यक्ष मण्डल, प्रमुख अतिथी र जिल्ला कमिटीले निर्धारण गरेर कार्यक्षेत्रमा पठाएको छ । वडा अधिबेशनबाट अध्यक्ष १, उपाध्यक्ष १, सचिव १, उपसचिव २ र सदस्य सहित वढिमा ३१ सदस्यिय वडा कमिटी र ७५ सदस्सीय स्थानियतहको पालिका कमिटी बन्नेछ । वडा अधिबेशनबाट कार्तिक ९ गते हुने पालिका अधिबेशनको लागी ५ जना पार्टी सदस्य बराबर १ जनाका दरले समावेशिताको आधारमा अधिवेशन प्रतिनिधी चयन गर्नेछ । वडा अधिबेशन तथा पालिका अधिवेशन सम्पूर्ण समर्थकको सहभागीतामा खुलासत्र र पार्टी सदस्य/प्रतिनिधिहरुको सहभागितामा बन्दशत्र गरि दुइ चरणमा चल्ने छ ।