Share
  •   
  •  
  •  
  •  

दयाराज न्यौपाने
पाल्पा
नेपाली कांग्रेस बगनासकालीको पहिलो पूर्ण बैठक तथा दशै तिहार पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । चिलाङ्दीमा भएको कार्यक्रममा कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत यहि असोज ९ गते सम्पन्न पालिका अधिवेशनबाट नवनिर्वाचित पालिका समितिको पहिलो पहिलो बैठक तथा शुभकामना आदान प्रदान सम्पन्न सम्पन्न गरेको हो ।

कार्यक्रममा नेपाली कांग्रेस पाल्पाका जिल्ला सभापति वीर बहादुर रानाले काँग्रेसका हरेक कार्यकर्ता पार्टी प्रति इमान्दार, वफादार र नैतिकवान हुनु पर्ने बताउनु भयो। सभापति रानाले पालिकामा मात्र नभई पाल्पाको कांग्रेसको किल्लाको रूपमा स्थापित गराउन कार्यसमिति क्रियाशील हुनुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा जिल्ला सचीव झपेन्द्र गैरे ,नेपाली काँग्रेस महासमिती सदस्य सुनिता अधिकारी , माधव नेपाल , यमलाल तिमिल्सिना , बगनासकाली गाउँ पालिकाका अध्यक्ष कृष्ण प्रसाद बश्याल ,बगनासकाली गाउँ पालिकाका प्रवक्ता लक्ष्मी प्रसाद अधिकारी , प्राध्यापक टंक भट्टराई ,डिल्लीराज पाण्डे नेपाल महिला संघ क्षेत्रीय अध्यक्ष इन्दिरा भट्टराई, बि।पि बश्याल,बिष्णु चिदी राजेन्द्र राना, राजेन्द्र बश्याल,लगायतले शुभकामना दिदै कांग्रेसका हरेक कार्यकर्ता क्षमतावान र नैतिकवान रहेको बताउँदै एक जुट भएर लागेमा जुनसुकै मिसन सफल हुने बिश्वास व्यक्त गर्नु भएको थियो ।

नेपाली काँग्रेस पार्टीलाई थप सशक्त बनाउनका निम्ति संगठन विस्तारसँगै स्थानीय तह निर्वाचनको तयारीमा जुट्न आह्वान गर्दै निर्वाचित पदाधिकारीले पार्टीको सिद्धान्त जनताको मर्म अनुसार काम गर्न आग्रह गरेका थिए ।