Share
  •   
  •  
  •  
  •  

पाल्पा २२ असोज । ०७८ ।
मिलिजुली बचत तथा ऋण सहकारी तिनाउ पाल्पाको २० औं वार्शिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभामा तिनाउ गाउपालिकाका अध्यक्ष ओम बहादुर घर्ती मगरले सहकारीहरु वचत मात्र नभई विकासको संवाहक हुनुपर्ने बताउनुभयो । प्रमुख अतिथि घर्ती मगरले तिनाउको विकासमा सहकारीहरुको भुमिका महत्वपूर्ण हुने बताउदै बचत र ऋण प्रवाहमा मात्र नलाग्न समेत आग्रह गर्नुभयो । अध्यक्ष घर्ती मगरले उदेश्य अनुसार सदस्यहरुको आर्थिक प्रगती र समृद्धीमा लाग्न समेत सहकारीहरुलाई अनुरोध गर्नुभयो ।

त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि तिनाउ गाउँपालिकाका प्रबक्ता तथा वार्ड न। २ का अध्यक्ष राजेश श्रेष्ठले सहकारिले समाज रुपान्तरणमा अहम भुमिका खेल्नु पर्ने बताउनु भयो। साथै सो सभामा गणेश सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष लाल कुमार श्रेष्ठ, बदेल पोखरी सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इमान सिंह थापा, थानिडाडा माबिका सहायक प्रधानाध्यापक रुद्र ब जिसि, दोभान माबिका प्रधानाध्यापक सूर्य प्रसाद पौडेल लगायतले सहकारीहरु विकास र समृद्धीका संवाहक भएको बताउनुभयो । सस्थाका लेखा संयोजक अनन्तराज पान्डेयले ६ करोड ५५ लाख बराबरको आय ब्यय प्रस्तुत गर्नुभएको थियो।

कार्यक्रममा जेष्ठ सदस्य देब बहादुर थापा, उत्कृष्ट कर्मचारी दुर्गा थापा , सफल उद्यमी सीता रिजाल, माध्यमिक तहमा उत्कृष्ट नतिजा ल्याउने शेयर धनी का छोराछोरी मध्ये अस्मिता पान्डेय तथा आशिष पौडेल का साथै विभिन्न बचत कर्ता र बाल बचतमा नियमित बचत गर्ने सदस्यहरुलाई सम्मानित गरिएको थियो। रेनुका लम्साल को स्वागत मन्तब्य बाट सुरु भएको सो कार्यक्रमको सन्चालन सस्थाका सचिब रबिन्द्र पौडेलले गर्नुभएको थियो। साधारणसभाको अध्यक्षता संस्थाका अध्यक्ष बिष्णु बहादुर थापाले गर्नुभएको थियो ।