Share
  •   
  •  
  •  
  •  

पाल्पा २२ असोज ।
तानसेन नगर स्तरिय सहकारी भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।शुक्रबार नगरपालिका भित्रका सहकारी संस्थाहरुका बीच तानसेन नगरपालिकाको आयोजना र तानसेन भित्रका स्थानीय सहकारी संजालको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले तानसेन नगरपालिकाले सूपथ मुल्य पसल सहकारीकै माध्यमबाट संचालन गर्न ३० लाख बजेट बिनियोजन गरेको जानकारी दिनुभयो । तर हाल सम्म सूपथ मूल्य पसल संचालनामा कसैले पनि चासो नदेखाएको बताउनुभयो । प्रमुख शाहीले सहकारीहरुले बचत र ऋणको मात्र कारोवार गर्न नहुने बताउदै जनताको आर्थिक समृद्धीमा जोड दिन आग्रह गर्नुभयो । मेयर शाहीले सहकारीहरुको आर्थिक कारोवार मात्र होइन सामाजिक दायित्वपनि उत्तिकै हुने बताउदै, रेमिटयान्सले खुसी नहुन अनुरोध गर्नुभयो । मेयर शाहीले तानसेनको विकासमा सहकारीहरु कोशेढुङ्गा हुन सक्ने बताउदै तानसेन नगरपालिका सहयोग र सहकार्य गर्न तत्पर रहेको समेत जानकारी गराउनुभयो ।
सहकारी संजालका सम्बन्धमा तानसेन नगरपालिकाका अधिकृत दुर्गा बहादुर थापाले बिषयगत प्रस्तुती राख्नुभएको थियो । अन्तरक्रियाको मूख्य उद्धेश्यका रुपमा सहकारीताका उपलब्धी,सहकारीका समस्या समाधानका लागी नगरपालिकाले खेल्नु पर्ने भूमीका,सहकारी नियमन,अनुगमन,प्रबद्र्धन लागी नगरपालिकाले गर्ने गतिबिधी,सूपथ मूल्य पसल संचालन,सहकारी तथा गरिब सूचना ब्यबस्थापन प्रणाली र युवा स्वरोजगार कार्यक्रम सहकारीकै बिधी प्रक्रिया मार्फत रहने तानसेन नगरपालिका सहकारी शाखा प्रमुख दुर्गाबहादुर थापाले जानकारी दिनुभयो

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्बसभापती राजेश कुमार अर्यालले नगरपालिकाले लगानीका लागी स्थानीय सहकारीहरुसंग ऋण लिएर बिकास निर्माणमा लगानी गर्न आग्रह गर्नुभयो । पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा,बचत तथा ऋण सहकारी संघका अध्यक्ष जगदीश भट्राई,तानसेन नगरपालिकाकी उपमेयर लक्ष्मिदेबी पाठक लागतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
कार्याक्रममा तानसेन नगरपालिका भित्रका ४९ वटा सहकारीहरुलाई एउटै प्रणालीमा समाबेस गरेर नियन्त्रण गर्न अयउयmष्क प्रबिधी बरेमा सू्चना प्रबिधी अधिकृत प्रकाश गैरेले जानकारी गराउनुभयो ।
कार्यक्रम तानसेन नगरपालिका स्थानीय सहकारी संजालका संयोजक महेश्वर पन्तको अध्यक्षता र मीना जिसीको संचालनमा सम्पन्न भएको हो ।