Share
  •   
  •  
  •  
  •  

दयाराज न्यौपाने

पाल्पा । १३ असोज ।

स्याङ्जाको कालीगण्डकीमा खुला क्रिकेट प्रतियोगिता हुने भएको छ । आदर्श युवा क्लब कालीगण्डकी ५ बेलटारी स्याङ्जाको आयोजनामा यही असोज २४ गते देखि बासटारी खेलमैदान प्रथम आदर्श कप खुला क्रिकेट टि-२० प्रतियोगिता’ आयोजना हुने भएको हो । प्रतियोगिताका लागि टीम दर्ता समेत सुरु भईसकेको खेल संयोजक कृष्ण न्यौपानेले बताउनु भयो । ‘टीम दर्ताका लागि स्कुल, कलेज तथा क्रीकेट एकेडेमीमा अनुरोध गरेका छौँ,’ अध्यक्ष राजु पाण्डे ले भने, ‘टीम दर्ताको मिति असोज २३ गते सम्म रहेको छ ।’ प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार नगद ,ट्रफी र प्रमाणपत्र र द्वितीय पुरस्कार १२ हजार नगद ,ट्रफी ,मेड्ल र प्रमाणपत्र र उत्कृष्ट खेलाडीलाई समेत पुरस्कार प्रदान गर्ने निर्णय भएको आयोजकले जनाएको छ । अध्यक्ष पान्डेले भनेे” ग्रामीण भेग देखिनै क्रिकेटको बिकास र खेलाडीहरुको बिकास र उत्पादनका लागि आदर्श कप ल्याएका हौँ । आदर्श युवा क्लबका सदस्य तथा आर्थिक बिभाग प्रमुख रबिन्द्र न्यौपानेले कपले लुकेर रहेका खेलाडीहरुलाई अवसर प्रदान गर्ने बताउनु भयो ।