Share
  •   
  •  
  •  
  •  

पाल्पा, १० असोज । ०७८ ।
नेपाली काँग्रेसका जिल्ला सभापति वीर बहादुर रानाले कुनै व्यक्ति विशेषको मान्छे भन्दा पार्टीको मान्छे बन्नुपर्ने बताउनुभएको छ । नेपाली काँग्रेसको १४ औं महाधिवेशनको क्रममा पाल्पाको बगनासकालीमा वोल्दै सभापति रानाले अधिवेशनमा जस्तो जोस, जाँगर र उत्साह अन्य गतिविधिमा पनि हुनुपर्ने बताउनुभयो । रानाले यस्तै उत्साह निर्वाचनमा पनि हुने हो भने नेपाली काँग्रेसले पछाडी फर्केर हेर्नुपर्ने अवस्था नआउने उल्लेख गर्दै, यस अगाडीका निर्वाचनलाई फर्केर समिक्षा गर्नुपर्ने बताउनुभयो ।