Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा ०८ असोज, ०७८ ।
पाल्पा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मोहन प्रसाद श्रेष्ठ नेपाली काँग्रेसको आसन्न निर्वाचनमा तानसेन नगर सभापतिको उमेदवार हुनुहुने भएको छ । श्रेष्ठले तानसेनमा आयोजित पत्रकार भेटघाटमा क्रममा आफुले नगर सभापति पदमा उमेदवारी दिने घोषणा गरेको बताउनुभयो ।
व्यवसायी समेत रहनुभएका मोहन प्रसाद श्रेष्ठले सहमतीमा जान तयार भएपनि उमेदवारीबाट पछी नहट्ने भन्दै निर्वाचनमा जानको लागि आफु तयार भईसकेको जानकारी गराउनुभयो । श्रेष्ठले नेपाली काँग्रेसको तानसेन नगरसमितिलाई सशक्त र बलियो बनाउन आफुले उमेदवारी दिने उल्लेख गर्दै, भाषण भन्दा काममा विश्वास गर्ने भएकोले आफु नगर सभापतिको उमेदवार भएको दावी गर्नुभयो । म अरु माथी माथीका पदमा पनि आकंक्षी हुने थिए तर मलाई ठूलो पद चाहिदैन, नगर सभापति भए हुन्छ तर त्यसबाट पछी हट्दिन श्रेष्ठले भन्नुभयो, पाल्पा उद्योग वाणिज्य संघमा रहदा पनि राम्रो काम गरेको छु, सानो पदलाई पनि राम्रो गर्न सक्छु भन्ने लागेको छ ।
दुई दशकदेखी समाजसेवामा लाग्नुभएका श्रेष्ठले सामाजिक काम राजनीतिक सस्थाबाट गर्न सकिने उल्लेख गर्दै, नेपाली काँग्रेसलाई वलियो बनाउन आफ्नो उमेदवारी भएको बताउनुभयो । २०४२ सालदेखी नेपाली काँग्रेसमा लाग्नुभएका श्रेष्ठले २०४८ सालदेखी क्रियाशिल सदस्यको रुपमा काम गर्दै आउनुभएको थियो । पाल्पा उद्योग वाणिज्य संघको अध्यक्ष रहँदा श्रेष्ठले व्यवसाय हित कोष, बहुउद्येश्यिय भवन, विरेन्द्र पार्क पूनःनिर्माण, पाल्पा महोत्सव लगायतका कामहरु गर्नुभएको थियो । तानसेन नगरपालिकाका १४ वटा वडाहरुबाट २ सय ३४ जना क्षेत्रिय प्रतिनिधिहरुले मतदान गर्न पाउने नेपाली काँग्रेसले जनाएको छ ।