Share
  •   
  •  
  •  
  •  

पाल्पा, ०७ असोज । ०७८
पाल्पा जिल्लाको बगनासकाली ७ खानिगाउँमा एक जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार विहीवार वेलुकी खानिगाउँको कल्लावारी निवासी ३५ वर्षिय दिपक भट्टराई घर नजिकै मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीका अनुसार गोरेटोबाटोबाट डेढ मिटर तल वारीको कुनामा मृत अवस्थामा फेला परेका थिए । घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।