Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा २ असोज ।
नेकपा एमाले बगनासकाली गाउँ कमिटीले अगुवा कार्यकर्ता भेला गरेको छ । बगनासकाली ९ चापपानीको चिलाङ्गदीमा भएको अगुवा कार्यकर्ता भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य ठाकुर गैरेले एमाले प्रति आम जनसमुदायको माया र उत्साहमा कमी नआएको बताउनुभयो । युवा नेता गैरेले एमालेका केही साथीहरु अर्को पाटीतिर लाग्दा अन्य पाटीहरुले खुसी मनाएको उल्लेख गर्दै, आगामी चुनावमा पनि एमाले पहिलो पाटी हुने बताउनुभयो । गैरेले भन्नुभयो, एमाले हिजो पनि पहिलो पाटी थियो, आज पनि छ र भोली पनि हुनेछ ।


अगुवा कार्यकर्ताहरुलाई संवोधन गर्दै नेकपा एमाले पाल्पाका अध्यक्ष नारायण आचार्यले पार्टीका केही नेताहरु अर्को पाटी खोलेपनि जनताले साथ नदिने बताउनुभयो । नेता आचार्यले अन्य साथीहरु एमालेमै फर्कने विश्वास गर्दै चुनाव अगाडी नै फर्कन अपिल समेत गर्नुभयो । प्रदेश सांसद समेत रहेका नेता आर्चायले बगनासकालीका जनताको एमाले प्रतिको माया र स्नेहमा कहिले कमी नआउने उल्लेख गर्दै पार्टीका कामहरुलाई तिव्रताका साथ अगाडी बढाउन समेत आग्रह गर्नुभयो । भेलामा लेखा समिति केन्द्रिय सदस्य धनेन्द्रराज घिमिरे, प्रदेश सदस्य देवी प्रसाद बस्याल, जिल्ला उपाध्यक्ष मोहन थापा, बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदी, वडा नं. ३ का वडा अध्यक्ष टीका थापा, वडा नं. ८ का एमाले अध्यक्ष मोतिलाल बस्याल, गीता रेग्मी लगायतले एमालेमै रहेका नेता कार्यकताहरुलाई अर्को पाटीमा आएको भनी गलत सूचना प्रवाह गरिएको उल्लेख गर्दै, एमाले छोडेर वाहिरिएकालाई पनि फर्कन अपिल गरेका थिए ।
भेलामा बगनासकालीका विभिन्न वडाहरुका ४० जना एमालेमा प्रवेश समेत गरेका थिए । अन्य पाटी छोडेर एमाले प्रवेश गर्नेहरुलाई स्वागत गरिएको थियो । कार्यक्रमको संचालन वडा नं. ३ का वडा अध्यक्ष टीका थापा र अध्यक्षता बगनासकाली गाउँकमिटी अध्यक्ष हरि पाठकको अध्यक्षतामा भएको थियो ।