Share
  •   
  •  
  •  
  •  

बगनासकाली गांउपालिकाले आर्थिक बर्ष २०७७/७८को बार्षिक प्रगति समिक्षा सम्पन्न गरेको छ। समीक्षा कार्यक्रमको उद्घाटन गर्दै गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालले गाउपालिकाले ८२ दशमलब २० प्रतिशत आर्थिक प्रगतिगरेको बताउनुभयो । अध्यक्ष बस्यालले अहिलेसम् दुई अरब बजेट बिनियोजन गरेर काम सम्पन् भयको बताउदै झन्डै चार करोड रूपयां बेरूजु रहेको भन्दै अब ती बेरूजु हटाइ शून्य बेरूजु गांउपालिका बनाउनेमा जोड दिने बताउनु भयो।

उपाध्यक्ष सरस्वति चिदिले सहभागी हरूलाइ स्वागत गर्दै कार्यक्रमले सबै वडा र सबै साखाहरूमा पारदर्सिता,जबाफदेहिता र सेवामा स्वस्छ प्रतिस्प्रधात्मक भावनाको थप बिकासहुने मा जोड दिनु भयो। बगनासकाली गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत बिष्णु बहादुर घर्तिले कार्यक्रम माथि प्रकाश पार्दै गतबर्षको कार्य समिक्षाले आगामि बर्षमा काम गर्न सहज हुने बताउदै सेबा दिनेक्रममा परेका समस्या थाहापाउन र समस्याको समाधान गर्न सहज हुने बताउनु भयो ।

नौवटै वडाका वडा सचिवहरूले आ आफ्नो बार्षिक कार्य प्रगति बिबरण प्रस्तुत गरेका थिय।त्यस्त‌ै गरेर पालिकामा रहेका चौध वटा बिषयगत साखाका प्रमुखहरूले साखाको बार्षिक प्रगति ,सेवा प्रबाहमा परेका समस्या र समाधानका सुझावसहित प्रस्तुत गरेका थिय। वडा सदस्यहरू झपेन्द्र् खनाल,कुल प्रसाद ढुंगाना,र राजेन्द्र रानाले जिज्ञासा राख्नुभयको थियो ।कार्यक्रममा कार्यपालिका सदस्य हरूसहित सबै जनप्रतिनिधि हरू र पालिकाका कर्मचारिहरूको सहभागिता रहेको थियो। कार्यक्रम गाउपालिका अध्यक्ष कृष्ण प्रसाद बस्यालको अध्यक्षतामा चलेको थियो।