Share
  •   
  •  
  •  
  •  

दयाराज न्यौपाने
पाल्पा , भदौ २६

नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी ले पाल्पा जिल्ला कमिटी गठन गरेको छ । सनिवार तानसेन त्रिभुवन बहुमुखी क्याम्पस पाल्पामा आयोजित भेलाले खिमानन्द पाण्डे (कमल) को अध्यक्षतामा ७५ सदस्यीय पाल्पा जिल्ला कमिटी गठन गरेको छ । पाल्पा कमिटीको उपाध्यक्षमा रमा घर्ती , सचिवमा मोहन गैरे र उप सचिवमा कमल सेन रहेका छन् ।
नेकपा एमालेमा हुँदा माधव कुमार नेपाल पक्षधर हरुले नेपालका धेरै ठाउँमा समानान्तर जिल्ला कमिटी गठन गरेको भएपनी पाल्पामा भने समानान्तर कमिटी गठन भएको थिएन ।कार्यक्रमलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य सोम प्रसाद पाण्डे निर्वाचन चुनाव चिह्नले जित्ने नभई जनताको मनले जित्न सकिने बताउनु भयो । त्यस्तै केन्द्रीय सदस्य बालकृष्ण चापागाईं , रुपन्देही सचीव सिद्दिचरण भट्टराई लेखनाथ पोखरेल रमा घर्ती लगाएतले बोल्दै समय संगै नयाँ जोस र जागरका साथ आन्तरिक जिवन र लोकतन्त्रलाई बलियो बनाउनु प्रमुख दायित्व रहेको बताउनु भएको थियो ।
भेलाले लेखनाथ पोखरेलको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समितिको समेत गठन गरेको छ । भेलामा तत्कालीन एमालेका प्रदेश कमिटी सदस्य, जिल्ला सदस्य प्रदेश सांसद लगायतको उपस्थिति थियो । अहिले अध्यक्ष बनेका खिमानन्द पाण्डे ९कमल० तत्कालीन एमालेका जिल्ला उप सचिव हुन भने केही जिल्ला सदस्यहरु समेत उक्त पार्टीमा लागेका छन् भने अब पालिकाहरुमा कमिटी निमार्ण गर्दै जाने एकिकृत समाजवादीका केन्द्रीय सदस्य राजेन्द्रलक्ष्मी गैरले जानकारी दिनुभयो ।