Share
  •   
  •  
  •  
  •  

पाल्पा । २५ भदौ ।
कोरोना संक्रमणको दोश्रो भेरियन्टबाट बन्द रहेका विद्यालयहरु अव भने खुल्ने भएका छन् । पाल्पामा गत बैषाख १७ गतेदेखी जारी भएको निषेधाज्ञा २५ गते राती १२ वजेदेखी सकिदैछ । जिल्ला स्थित सिसिएमसीको वैठकले पाल्पामा २५ गतेदेखी निषेधाज्ञा नथप्ने निर्णय गरेको थियो । विद्यालय संचालनको जिम्मेवारी स्थानीय तहहरुलाई दिएको थियो ।
कुन पालिकामा कहिले देखी खुल्दैछन् विद्यालय ?
स्थानीय तहहरुले स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय संचालन गर्ने निर्णय भएपछी पाल्पाका स्थानीय तहहरुले धमाधम विद्यालय खोल्ने निर्णय गर्न थालेका छन् । पाल्पाको रम्भा गाउँपालिकाले यहि भदौं २७ गते देखी नियमित विद्यालय संचालन गर्ने निर्णय गरेको छ । त्यसैगरी तानसेन नगरपालिकाले असोज १ गते देखी विद्यालय संचालन गर्ने निर्णय गरेको छ । उता बगनासकाली गाउँपालिकाले भने यहि २७ गतेदेखी नै विद्यालय संचालन गर्ने निर्णय गरेको छ । अन्य स्थानिय तहहरुले यो समाचार तयार पार्दा सम्म विद्यालय खोल्ने निर्णय गरिसकेका छैनन् ।