Share
  •   
  •  
  •  
  •  

पाल्पा । २३, भदौ । ०७८ ।
गत बैशाखदेखि जारी पाल्पाको निषेधाज्ञालाई खुकुलो बनाइएको छ । झण्डै ४ महिना देखी जारी निषेधाज्ञालाई हटाउदै विहान ७ देखि ५ बजेसम्म संचालन भएको उद्योग, पेशा व्यवसायलाई सीमा हटाइएको छ । यस्तै विद्यालय संचालनको लागि स्थानीय तहले अवस्था हेरेर सिफारिस गर्ने निर्णय भएको छ । पाल्पामा मठ मन्दिर, सभा सम्मेलन लगायतका भीडभाड जन्य गतिविधि बाहेक अन्य सबै क्षेत्र सुचारु गर्ने निर्णय भएको हो । जिल्ला कोभिड व्यवस्थापन समितिको बैंठकले उक्त निर्णय गरेको हो । गत वैषाख १७ गते देखी पाल्पा जिल्लामा कोभिडका कारण दोश्रो चरणको निषेधाज्ञा भएको थियो ।

विद्यालय संचालन लगायतका विषयका कोभिड अध्यादेश तथा स्मार्ट लकडाउनको कार्ययोजना अनुसार संचालन गरिने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनुभयो । उहाँका अनुसार अब सबैप्रकारका सेवाहरु तोकिएका मापदण्ड पालना गर्ने गरी खुलाउने निर्णय भएको छ । यस अघि अत्यावश्यक बाहेक पेशा व्यवसायहरु दिउँसो ५ बजेसम्म मात्र संचालन हुँदै आएकोमा अर्को व्यवस्था नहुँदा सम्मको लागि सबैक्षेत्रमा खुकुलो बनाउने निर्णय भएको हो ।
विश्वव्यापी रुपमा कोरोना फैलिएपछी नेपालमा गत वर्ष देखी नै लकडाउन र निषेधाज्ञा हुदै आएको छ । पहिलो र दोश्रो भेरियन्टका कारण २ पटक लकडाउन भइसकेको छ । पाल्पामा पनि ४ महिनादेखीको निषेधाज्ञाका कारण गरिएको वन्द अझ सबै क्षेत्र खुल्न सकेका छैनन् । विद्यालय तथा अन्य क्षेत्र वन्द हुदा आर्थिक तथा सामाजिक क्षेत्रमा प्रभाव पारेको छ ।