Share
  •   
  •  
  •  
  •  

पाल्पा । २२, भदौं । ०७८ ।
विष्णु घिमिरे
बुटवल उपमहानगरपालिकाको अमरपथमा नेपालमै पहिलो पटक एलइडी डिजिटल वोर्ड राखिएको छ । व्यवस्त वजारका विद्युतिय पोलहरुमा डिजिटल विज्ञापनहरु राख्नका लागि एलइडी डिजिटल वोर्ड राखिएको हो । बुटवल उपमहानगरपालिका संगको समन्वयमा एजी नेटवर्क प्रालिले डिजिटल वोर्ड संचालन गरेको हो ।
अमरपथमा पहिलो चरणमा ६० वटा एलइडी डिजिटल वोर्ड राखिएको र दोश्रो चरणमा ६० वटा थप गर्ने एजी नेटवर्क प्रालिले जनाएको छ । कम्पनीका कोर्डिनेटर अनन्त न्यौपानेका अनुसार विज्ञापन वजारलाई डिजिटलाइज्ड गर्ने उदेश्यले एलइडी डिजिटल वोर्ड संचालन गरिएको हो ।