Share
  •   
  •  
  •  
  •  

दयाराज न्यौपाने
पाल्पा । २२ भदौ । ०७८ ।
नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत पाल्पा बगनासकालीकाका विभिन्न वडाहरुमा अधिवेशन सम्पन्न भएको छ । भदौ १८ गते शुक्रवारदेखि देशका बिभिन्न जिल्लाका वडाहरुमा जस्तै बगनासकालीका वडाहरुमा निर्वाचन प्रक्रिया सुरु भएको हो । यहाँ अधिकाङ्स वडा तहमा वडाकार्य समिति र वडाबाट जाने क्षेत्रीय प्रतिनिधिहरु सर्व सम्मत र निर्विरोध रुपमा चयन भएका छन् ।
बगनासकालीको ९ वडामध्ये ९ वटै वडामा कार्यसमिति चयन भइसकेको छ । जसमा प्राय वडाहरुमा सभापति पुरानै अनुहार दोहोरीएको छ । बगनासकालीकाको ९ चापपानीमा चिन्तामणी बश्याल ८ बराङ्दीमा गणेश प्रसाद बश्याल,७ खानिगाउंमा गुन बहादुर बुढाथोकी ,६ यम्घामा लक्ष्मी प्रसाद अधिकारी ,५ दर्लमडाडांमा नन्दकिशोर अमात्य ४ खानिछापमा हुतमान दर्लामी ३ नायरनमतलेसमा उदय घिमिरे २ पोखराथोकमा सीता गैर र १ चिर्तुङ्धारामा टेकबहादुर राना गरि ९ वटै वडामा कार्यसमिति चयन गरिएको छ । नेपाली कांग्रेस बगनासकाली सभापति यमलाल तिमिल्सिनाले पालिकाको ८ वटा वडामा सर्वसम्मत नेतृत्व चयन भएको र पोखराथोकमा मतदान प्रक्रिया बाट टुंगो लागेको जानकारी दिनुभयो । प्रतेक वडा बाट १५ १५ जना क्षेत्रीय प्रतिनिधिको रुपमा छनोट भएको पालिका सभापति तिमिल्सिनाले जानकारी दिनु भयो ।