Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । २० भदौं ।
नेपाली काँग्रेसको वडा अधिवेशनहरु सुरु भएका छन् । पाल्पा जिल्लामा भने भदौ २१ गते अर्थात भोली वडा अधिवेशनहरु हुँदैछन् । जिल्लाका ८१ वटै वडाहरुमा भोली उकै साथ वडा अधिवेशन हुने भएको हो ।
पाल्पा जिल्लामा भोलीको वडा अधिवेशनको तयारी पुरा भएको नेपाली काँग्रेस पाल्पाका सभापति वीर बहादुर रानाले जानकारी दिनुभयो । जिल्लाका सबै वडाहरुमा एकैसाथ वडा अधिवेशनको तयारी पुरा भएको जानकारी दिदै सभापति रानाले पार्टीको निर्देशिका तथा क्रियाशिल सदस्यहरुको नामावली पठाइसकिएको जानकारी दिनुभयो । पाल्पामा ९ हजार १ सय ५८ जना नेपाली काँग्रेसका क्रियाशिल सदस्यहरु रहेका छन् । भोलीको अधिवेशनमा वडाको नेतृत्व चयन र क्षेत्रिय प्रतिनिधिहरु छनौट हुनेछन् । क्षेत्रिय प्रतिनिधिहरुले क्षेत्रिय समिति, स्थानीय तह तथा जिल्ला अधिवेशनमा मताधिकारको प्रयोग गर्ने नेपाली काँग्रेसले जनाएको छ ।