Share
  •   
  •  
  •  
  •  

पाल्पा । २० भदौ । ०७८ ।

दयाराज न्यौपाने
नेकपा एमालेबाट बगनासकालीमा निर्वाचित भएका सवै जनप्रतिनिधिहरु एमाले पार्टीमा नै रहने भएका छन् । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि बनाइएको नेकपा एकीकृत समाजवादी पार्टीमा पाल्पाको बगनासकालीका कुनै पनि निर्वाचित जनप्रतिनिधिहरुले साथ नदिने भएका हुन् ।
बगनासकालीमा आयोजित संसदीय दलको बैठकमा पालिकामा निर्वाचित भएका सबै जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको नेकपा एमालेका मोहन थापाले जानकारी दिनुभयो । भेलामा बगनासकाली गाउँ पालिकाका जननिर्वाचित प्रतिनिधिहरू सहभागी भएका थिए ।

गाउँपालिकामा उपाध्यक्ष सरस्वती चिदी सहित दर्लमडांडा ,पोखराथोक ,चिर्तुङ्धारा र नायरनमतलेस गरि ४ वटा वडा नेकपा एमालेले जितेको थियो । भने गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बश्याल सहित बराङ्दी ,खानिगाउं,चापपानी खानिछाप र यम्घा गरि ५वटाका वडा अध्यक्षहरु नेपाली काँग्रेस विजयी भएको थियो ।
एमालेबाट १६ जना पुरुष र ११ जना महिलासहित २७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए २७ मध्ये १ जना जिल्ला समन्वय समितिका प्रमुख दयाराज बस्याल बगनासकाली ६ यम्घा बाट सदस्य निवार्चित हुनुभएको थियो उहाँको २०७६ मा निधन भएको थियो । पार्टी विभाजन पछि पनि २६ जनाले नै एमालेलाई साथ दिएको उपाध्यक्ष सरस्वती चिदीले बताउनु भयो ।