Share
  •   
  •  
  •  
  •  

पाल्पा । भदौ १९ । तानसेन नगरपालिकाका प्रमुख अशोक कुमार शाहीले निरन्तरको लगावले मात्रै ब्यावसायिक सफलता प्राप्त हुने बताउनुभयको छ । तानसेनमा एक कार्यक्रमका बिच गैरे मोबाइल एण्ड ल्यापटप केयरको उद्घाटन गर्दै शाहीले शुरु गर्ने र छोड्ने प्रवितीले ब्यावसायमा धेरै मानिसहरु असफल भएको धारणा राख्नुभयो । ‘निरन्तर कर्म, राम्रो ब्याबस्थापन, गुणस्तरीय सामग्री र असल ब्यावहारले ब्याबसायमा सफलता प्राप्त हुन्छ’, नगर प्रमुख शाहीले भन्नुभयो, ‘यसको एउटा राम्रो उदाहरण गैरे मोबाइल हो ।’ उहाँले गैरे मोबाइलको सफलताका लागि शुभकामना ब्यातm गर्दै ब्यावसायिहरुको हक हितका लागि जनप्रतिनिधी सधै तयार रहेको बताउनुभयो ।

कार्यक्रममा पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जन, पाल्पा ब्यापार संघका उपाध्यक्ष थानेश्र गैरे, पत्रकार महासंघ पाल्पामा उपाध्यक्ष भरत शर्मा लगायतले शुभकामना दिनुभयो । गैरे मोबाइलका संस्थापक डम्बर प्रसाद गैरेले आफ्नो संघर्षबाट प्राप्त सफलताको श्रेय ग्राहकहरुलाई दिदै निरन्तर सहयोगको अपेक्षा गर्नुभयो । सञ्चालक दुर्गा प्रसाद गैरेले ब्यापार भन्दा सेवालाइ महत्व दिएर काम गर्ने बताउनुभयो ।

२०४५ सालबाट घडि रेडियो मर्मत तथा बिक्रिबाट शुरु भएको गैरे मोबाइलले अहिले मासिक २५ लाख बढिको कारोबार गर्छ । आफ्नै भवनमा सेवा सुरु गरेको गैरै मोबाइल बिभिन्न कम्पनीका मोबाइल तथा ल्यापटपको पाल्पाका लागि आधिकारीक बिक्रेता हो ।