Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । १९ भदौं । ०७८ ।
नेपालमा जव २०६२, ६३ को आन्दोलनले नयाँ उचाई लियो र देशमा गणतन्त्र स्थापना भयो संगसंगै देशमा प्रविधिले समेत फड्को मारयो । कर्लेस र सिडिएमए फोनको स्थान मोवाइलले लिन थाल्यो । पाल्पा जिल्लाको तानसेन नगरपालिकाको मखनटोलमा २०६३ सालमा गैरे मोवाइलको नामले खोलिएको सानो पसलले प्रविधिले जसरी नै फड्को मारयो । १७ वर्षिय दुर्गा प्रसाद गैरेले संचालन गरेको गैरे मोवाइलले १५ वर्षको यो अवधीमा वार्षिक ३ करोड कारोवार गर्न पुग्नुभयो । दुर्गा प्रसाद गैरेले अहिले गैरे मोवाइल तथा ल्यापटप केयरको नाममा पुन नयाँ व्यवसाय पनि सुरु गर्नुेभएको छ । १७ वर्षको उमेरमै व्यवसायमा हात हाल्नुभएका दुर्गा प्रसादले ३२ वर्षको उमेरमा आउँदा २ वटा व्यवसायहरु संचालन गर्न पुग्नुभयो । पुनः १ करोडको लगानीमा विभिन्न कम्पनीका ब्रान्डेड ल्यापटप, प्रिन्टर लगायतका सामाग्रीहरुको कारोवार गर्न थाल्नुभयो ।
यसरी सुरुभयो व्यवसायिक यात्रा
दुर्गा प्रसाद गैरे, पाल्पा जिल्लाको बौघागुम्हा केरवादीमा जन्मिनुभएको हो । बाबा डम्बर प्रसाद गैरेले २०४५ सालमा तानसेनमा रेडियो तथा घडी मर्मत सम्बन्धी पसल संचालन गर्नुहुन्थ्यो । दुर्गा जन्मनुभन्दा अगाडीदेखी नै खोलिएको बाबाको पसलमा दुर्गाले सिक्ने अवसर पाउनुभयो । त्यही पसलमा रेडियो र टिभी सम्बन्धी सिकेका दुर्गाले एस एलसी को खाली समयमा काठमान्डौं गएर करलेस फोन वनाउन सिक्नुभयो । तत्कालिन समयमा करलेस फोनको जमाना थियो, पाल्पामा करलेस फोन बनाउने ठाउँको अभाव थियो तर दुर्गाले करलेस फोन वनाउन सिकिसक्दा मोवाइल फोनहरु भित्रिन थाले । दुर्गा भन्नुहुन्छ, प्रविधिको जमाना अनुसार चल्नुपर्छ भनेर मैले तत्कालै मोवाइल फोन बनाउन सिके । काठमान्डौंमा मोवाइल बनाउन सिके र त्यही बसेर सिक्ने सिकाउने अवसर पाए त्यसले मलाई मोवाइलमा थप पोख्त वनायो ।
पाल्पा आएपछी २०६३ वैशाखमा गैरे मोवाइल पसल खोलेका गैरेले पाल्पामा तत्कालिन समयमा मोवाइल बनाउने र वेच्ने गर्नुभयो । दिनानुदिन व्यवसाय राम्रो पनि हुदै गयो । प्रविधि अनुसार चल्नुपर्छ भन्ने राम्रो संग बुझेका गैरेले ल्यापटपको भविष्य देखेपछी ४ वर्ष पछी दिल्ली गएर ल्यापटप बनाउन सिक्नुभयो । आफ्नो व्यवसायिक यात्रामा मोवाइल पछी ल्यापटप मर्मतको सेवा थपेका गैरेले ०७६ सालमा भारतको हैदरावादबाट एप्पलको एडभान्स लेवलको तालिम लिए ०७६ चैत्रमा आएर एप्पलको सर्भिसको काम सुरु गर्नुभएको थियो । अहिले ल्यापटप तथा एप्पलहरुको सामानहरु राख्न नयाँ पसल खोलेको दुर्गाको भनाई छ ।
पाल्पामा सानो सानो सामानहरु पनि नपाइने र त्यो सामान लिन बुटवल तथा काठमान्डौं जानुपर्ने बाध्यतालाई हटाउदै व्रान्डेड सामानहरु मात्र राख्नेगरी पसल संचालन गरिएको बताउने दुर्गाले व्यवसायीक सफलताका लागि जोखिम वहन गर्न डराउन नहुने बताउनुहुन्छ, कोरोनाको महामारीमा प्राय व्यवसायहरु कमजोर वनेका वेलापनि झण्डै १ करोडको लगानीमा व्यवसाय सुरु गरेका गैरेले काठमान्डौंको वजार मूल्यमै पाल्पामा सामान उपलब्ध गराएको बताउनुभयो । बुटवलमा रहेको सिएससी कम्प्युटर बाट सहयोग पायेपछी पाल्पामा ब्यबसाय गर्न हौसला मिलेको बताउने दुर्गाले  विश्वप्रशिद्ध ब्राण्ड एप्पलको पाल्पाको आधिकारिक विक्रेता समेत रहेका गैरेले १२ वढी कम्पनीका मोवाईल फोनहरु र ब्राण्डेड कम्पनीका ल्यापटपहरु विक्री गर्ने योजना रहेको बताउनुहुन्छ ।