Share
  •   
  •  
  •  
  •  

काठमाडौं । कोरोना संक्रमणका कारण स्थगित भएको कक्षा १२ को परीक्षा यही भदौ ३० गतेबाट सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले ३० भदौबाट कक्षा १२ को परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।

बोर्डका परीक्षा प्रवक्ता जंगबहादुर अर्यालका अनुसार बोर्डले ३० भदौदेखि ८ असोजसम्म होम सेन्टरबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको जानकारी दिनुभयो । अर्यालका अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको हो ।