Share
  •   
  •  
  •  
  •  

पाल्पा, भदौ १५
तत्कालिन नेपाल अंग्रेज युद्धमा नेपाली फौजले विजयी प्राप्त गरेको खुसियाली र सम्झनामा पाल्पाको तानसेनमा निकालिदै आइएको भगवती रथयात्रा यसपटक पनि गरिएको छ । कोरोना महामारीका कारण भगवतीको प्रतिमा मूर्तीलाई तीन पटक मन्दिर परिक्रमा गराई सिन्दूरजात्राको रुपमा रथयात्रा गरिएको हो ।
तत्कालिन नेपाली फौजले वि.सं. १८७१ मा अंग्रेजलाई हराएको थियो । पाल्पाका तत्कालीन तैनाथवाला कर्णेल उजिर सिह थापाले ब्रिटिस साम्राज्यवादीको आक्रमणबाट नेपाललाई जोगाउन सफल भएको खुसियालीमा भगवतीको रथको प्रतिमूर्ती निकाली सिन्दूरजात्रा सुरु गरिएको थियो । यो रथयात्रा २ सय वर्षदेखी निरन्तर पाल्पामा गरिदै आइएको छ । श्रीकृष्ण जन्माष्टमीमा रातभर जाग्राम बसी भजन किर्तन गरेर भोलिपल्ट तानसेनमा सिन्दूरजात्रा निकाल्ने परम्परा रहि आएको छ । कोरोना महामारीका कारण २ सय ३ औं भगवती रथयात्रा मन्दिर परिसरमा भगवतीको मूर्ती घुमाएर सकिएको छ ।