Share
  •   
  •  
  •  
  •  

पाल्पा, ५ भदौ ।
पाल्पा जिल्लाको तानसेनमा रहेको प्रशिद्ध श्रीनगर गणेश मन्दिरमा सरसफाइ गरिएको छ । मेगा बैंक पाल्पा शाखा, मन्दिर ब्यवस्थापन समितीका पदाधिकारी र मिलिजुली टोल बिकास संस्थाका सदस्यहरुले मन्दिर सरसफाइ गरेका हुन् । सामाजिक उत्तरदायित्व बहन गर्दै मेगा बैंक पाल्पाले मन्दिर सरसफाइ कार्य गरेको हो । मेगा बैक पाल्पा शाखाका प्रमुख बिष्णु प्रसाद भण्डारीले संस्थाको सामाजिक उत्तरदायित्व अन्र्तगत मन्दिर तथा परिसर सरसफाइ गरिएको बताउनुभयो । भण्डारीले आगामी दिनमा पनी सामाजिक कार्यले निरन्तरता पाउने उल्लेख गर्नुभयो ।  धुमधामले जात्रा नमनाइए पनी समय समयमा मन्दिर सरसफाइ गरिदै आएको र यस पटक मेगा बैंक पाल्पाको सहयोगमा सरसफाइ भएको मन्दिर सहयोग समितिले जनाएको छ ।

गणेश मन्दिर सहयोग समितीका अध्यक्ष केदारलाल श्रेष्ठले मन्दिर सरसफाइ कार्यमा सहयोग गर्नु हुने मेघा बैंक तथा मिलिजुली टोल बिकास संस्थालाई धन्यवाद दिनु भयो । मेगा बैंक पाल्पाले यस अघि पनी बिभिन्न समयमा सामाजिक कार्यहरु गर्दै आएको छ । सो अबसरमा समाज सेवी भुगोलमान सैंजु, मिलिजुली टोल विकास संस्थाका अध्यक्ष सुनिता श्रेष्ठ लगाएतको उपश्थिती रहेको थियो ।