Share
  •   
  •  
  •  
  •  

विष्णु घिमिरे
पाल्पा । ५ भदौं ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाही विहीवार नगरपालिकाको वडा नं. ८ मदनपोखरा छाँप पुग्दा, त्यहाका स्थानीयहरु दंग परे । आफुहरुले चुनावमा भोट दिएर पठाएका जनप्रतिनिधिहरु सुझाव संकलन गर्न आफ्नै घरमा आउदा हर्षित समेत भए । मदनपोखरा छाँपकी अनिता मिधुनले भोट दिएर जिताएका जनप्रतिनिधिहरु घरमै आउदा खुसी लागेको बताउनुभयो । जनप्रतिनिधीहरु हाम्रो घरमा आउदा खुसी लागेको छ । महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्नुभएको छ । अनिताले भन्नुभयो, “यहाँ उत्पादित कृषिबाट व्यवसायीक अचार उत्पादन गर्न सुझाव दिएका छौं ।”

तानसेन नगरपालिकाका मेयर, उपमेयर, प्रमुख प्रशाशकीय अधिकृत तथा विभिन्न शाखा प्रमुखहरु सहित गाउँमा पुगी सुझाव संकलन गरिएको थियो । स्थानीय तहको निर्वाचन पछी गरेका कामहरु जनतालाई बताउन र जनताका सुझाव संकलन गर्न तानसेन नगरपालिकाले जनतासंग मेयर कार्यक्रम संचालन गरेको हो । स्थानीय गीता सिंह ठकुरीले विभिन्न सेवाप्रदायक संगसंस्थाहरु संगको समन्वयमा कृषि तथा पशुपालनमा तानसेन नगरपालिकाले सहयोग गरेको बताउदै गरीवहरुको लागि विशेष कार्यक्रम ल्याउन अनुरोध गर्नुभयो । जनजाती भएका कारण राज्यको सेवासुविधाबाट बन्चित गर्न नहुने ठकुरीको भनाई थियो । स्थानीयहरुले बाँसको टनेल बनाएर तरकारी खेती गर्दा २ वर्षमै फेर्न पर्ने भएकोले फलामको पाइपवाला टनेल निर्माणमा सहयोग, खेतमा जानको लागि ट्रस्ट पुल निर्माण, खेलकुद सामाग्री तथा खेलमैदानको निर्माण गर्न वाँकी रहेको जनप्रतिनिधिहरुलाई सुनाएका थिए ।
तानसेन नगरपालिकाका मेयर अशोक कुमार शाहीले जनताका गुनासो र पीरमर्का बुझ्न टोल टोल जाने कार्यक्रम भएको बताउनुभयो । छेर्लुङको बोटे समुदायबाट सुरु भएको जनताको घरमा मेयर कार्यक्रम कोभिडका कारण प्रभावित भएको थियो । मेयर शाहीले जनताले जिताएर पठाएका जनप्रतिनिधिले जनताकै भावना अनुसार काम गरेको बताउनुभयो । “हामी जनताका सेवक हौं, जनताका सुझाव मनन गर्न घरदैलो गएका छौं,”  मेयर शाहीले भन्नुभयोे ।

जनतासंग मेयर कार्यक्रममा भूमी व्यवस्थापन आयोग पाल्पाका एक प्रसाद भण्डारी, हेफर इन्टरनेशनल नेपालका अनन्त सिलवाल, ग्रामिाण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीला बहादुर कार्की, प्रमुख प्रशाशकीय अधिकृत पीताम्बर पाण्डे लगायतले तानसेन नगरपालिका, विभिन्न शाखाहरु तथा अन्य सेवा प्रदायक संघसंस्थाहरु संगको सहकार्यमा संचालित कार्यक्रमहरुको विषयमा जानकारी गराउनुभएको थियो । कार्यक्रमको उदेश्यमाथी उपप्रमुख लक्ष्मीदेवी पाठकले प्रकाश पार्नुभएको थियो भने कार्यक्रमको संचालन प्रेस सल्लाहकार गोविन्द प्रसाद भट्टराईले गर्नुभएको थियो ।