Share
  •   
  •  
  •  
  •  

पाल्पा । ३१, साउन
पाल्पामा पछिल्ला दिनहरुमा कोरोना संक्रमण फैलदै गएको छ । खुकुलो निशेधाज्ञा र वढ्दो चहलपहलले कोरोना संक्रमणको दर दिनानुदिन उकालो लाग्दै गएको छ । पाल्पामा आज आइतवार मात्रै दुई सय जनामा कोरोना संक्रमण पुष्टी भएको छ । पीसीआर परीक्षणमा १० जना र एन्टिजेन परीक्षणमा १ सय ९० जना संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । पीसीआर परीक्षणमा १९ जनाको परीक्षण गरिएकोमा माथागढी गाउँपालिकाका २, रैनादेवी छहरा,बगनासकाली गाउँपालिकाका १÷१, रम्भा गाउँपालिकाका ३ र तानसेन नगरपालिकाका ३ जनामा संक्रमण देखिएको हो । यस्तै १ सय ९० जनाको एन्टिजेन परीक्षण संक्रमण पुष्टि भएको छ । ७ सय ४६ जनामा परीक्षण गरिएकोमा रामपुर नगरपालिकाका ४, पूर्वखोला गाउँपालिकाका १ र तानसेन नगरपालिकाका १ सय ८५ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा १ सय ७४ जना संक्रमितले कोरोना जितेका छन । जिल्लाका विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ९४ जना महिला र ८० जना पुरुष कोरोनामुक्त भएका छन । यहाँ अहिलेसम्म १ सय ३२ जना संक्रमितको मृत्यु भइसकेको छ । अहिले कुल सक्रिय संक्रमितको संख्या ५ सय ८ पुगेको छ । जिल्लामा ४ सय ४४ जना होम आइसोलेसनमा रहेका छन भने ६४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।