Share
  •   
  •  
  •  
  •  

पाल्पा २७, साउन ।
विष्णु घिमिरे
बगनासकाली गाउँपालिका पाल्पाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले जनताको अपेक्षा अनुसार काम गरिएको बताउनुभएको छ । स्थानीय तहको निर्वाचनको चौथो वर्षमा आइपुग्दा जनताका अधिकांश समस्याहरु समाधान गरिएको अध्यक्ष बस्यालले बताउनुभयो । बगनासकालीले ४२ वटा कानुन निर्माण गरेको बताउदै अध्यक्ष बस्यालले २ वर्ष कोरोना संग जुध्नुपरेको स्मरण गर्दै, कोरोनाका कारण जनताको ज्यूज्यानको रक्षामा जुट्दा पनि विकासलाई प्राथमिकतामै राखि काम गरिएको उल्लेख गर्नुभयो । बुधवार गाउँपालिकामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बगनासकाली गाउपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालले ६० प्रतिशत संघिय सरकारको सहयोगमा गाउँपालिकाका भवन निर्माण गर्न लागिएको जानकारी दिनुभयो ।
पत्रकार भेटघाटमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष सरस्वती चिदीले अध्यक्ष र उपाध्यक्ष फरक राजनीतिक दलबाट प्रतिनिधित्व गरेपनि गाउँपालिकाको विकासमा मिलेर अगाडी बढेको बताउनुभयो । उपाध्यक्ष चिदीले राजनीतिक दलहरुको उदेश्य विकास निर्माण भएकोले गाउँपालिाको विकासमा एकमत भई काम गरेको स्मरण गर्दै, जनताका काममा विलम्भ नगर्न कर्मचारीहरुलाई आग्रह समेत गर्नुभयो ।


गाउँपालिकाका प्रमुख प्रशाशकीय अधिकृत विष्णु बहादुर घर्तीले कर्मचारी प्रशासनलाई चुस्त, दुरुस्त काममा लगाउन आफु लागिपर्ने बताउनुभयो । अधिकृत घर्तीले आफु हाजिर हुनासाथ सेवा प्रवाहलाई व्यवस्थि तगर्न कर्मचारीहरुको कार्ययोजना निर्माण गरीएको उल्लेख गर्दै, गाउँपालिकाका सूचना प्रवाहमा कुनै कसुर वाँकी नराख्ने बताउनुभयो । घर्तीले समिक्षा, सार्वजनिक सुनुवाई, खर्च सार्वजनिक जस्ता विषयहरुलाई प्राथमिकतामा राखिएको बताउनुभयो । अन्र्तक्रियामा बोल्दै नेपाल पत्रकार महासंघ पाल्पाका उपाध्यक्ष भरत शर्माले जनप्रतिनिधि, कर्मचारी र पत्रकारहरु विच समन्वय गरी कार्य सम्पादन गर्न सुझाव दिनुभयो । कार्यक्रममा पत्रकारहरु माधव अर्याल, मुक्ति प्रसाद न्यौपाने, विष्णु घिमिरे, भोजराज तिमिल्सेना, दयाराज न्यौपाने, नेत्र गैरे लगायतले वडागत क्रियाकलापहरुलाई प्रभावकारी बनाउन, आवधिक योजना, विपद योजना लगायतलाई प्रभावकारी कार्यान्वयन गर्न सुझाव दिनुभएको थियो ।
बगनासकाली गाउँपालिकामा स्थापनाको पाँचौ प्रमुख प्रशाशकीय अधिकृतको रुपमा आउनुभएका विष्णु बहादुर घर्तीसंग पत्रकारहरुको अन्र्तक्रिया भएको हो । कार्यक्रमको संचालन शिक्षा शाखा प्रमुख गुणाराम खनाल र अध्यक्षता प्रमुख प्रशाशकीय अधिकृत विष्णु वहादुर घर्तीले गर्नुभएको थियो ।