Share
  •   
  •  
  •  
  •  

पाल्पा २६, साउन ।
सिद्धार्थ राजमार्ग अन्तर्गत तिनाउ गाउँपालिका–३ सिद्धबाबा हेडबक्स नजिकै ढुङ्गाले लाग्दा जीप खोलामा खसेको छ । भीरबाट तिनाउखोलामा जिप खस्दा जीपमा सवार चारजना घाइते भएका छन् । पाल्पा तर्फबाट बुटवल हिँडेको जीप अप्ठेरो स्थानमा खसेको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार दुर्घटनामा परेकाहरु दुई जना गम्भीर घाइते र दुई जना सामान्य छन् । उनीहरुको रुपन्देहीस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गरिएको छ । दोभान प्रहरी चौकीदेखि एक किलोमिटर टाढा हेड बक्स नजिकै घुम्तीबाट जीप खोलामा खसेको बताइएको छ ।