Share
  •   
  •  
  •  
  •  

काठमान्डौं, २६ साउन ।
सर्वोच्च अदालतले भूमि आयोग विघटनविरुद्धको रिटमा अल्पकालीन आदेश जारी गरेको छ । सर्वोच्चले भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको हो । न्यायाधीश ईश्वर खतिवडाको एकज इजलासले अन्तरिम आदेशलाई निरन्तरता दिने कि नदिने भन्नेबारे छलफल गर्न दुबै पक्षलाई १ भदौमा बोलाएको छ । केपी ओली नेतृत्वको सरकारले गठन गरेको आयोग शेरबहादुर देउवा नेतृत्वको सरकारले खारेज गरेपछि सर्वोच्चमा रिट परेको थियो।