Share
  •   
  •  
  •  
  •  

पाल्पा २६ साउन
तिनाउँ गाउँपालिका पाल्पाका अध्यक्ष ओमबहादर घर्तिमगरले तिनाउँ गाउँपालिकाले शैक्षिक क्षेत्रलाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । तिनाउँ गाउपालिका भौगोलिक हिसावले अधिकाश क्षेत्र डाडाकाडा भएकोले पठन पाठनको लागी वालवालिकाहरु ३ घण्टा सम्म हिड्नु पर्ने अवस्था रहेकोले पालिकाले आगामी दिन आवासिय सहितको छात्रावास संचालन गर्ने सोचमा रहेको बताउनुभएको हो । तिनाउँ गाउँपालिका वडा नंं १ ओखलढुङ्गामा ज्ञानोदय माध्यमिक विधालयको नयाँ भवनको शिलन्यास गर्दै अध्यक्ष घर्तिमगरले लामो घण्टौ पैदल हिडेर विद्यालय जानुपर्ने अवस्थाको अन्त्य गर्न आफुहरु लागिरहेको बताउनुभयो । विधालयमा टाढा टाढा बाट हिडेर पठन पाठनको लागी वालवालिका आउने, जाडो याममा वालवालिका विधालय पढेर घरमा जाँदा रात पर्ने भएकोले आवासीय रुपमा विधालय संचालन गर्नुपर्ने अवस्था रहेको बताउनुभएको हो । बजार क्षेत्रमा होस्टल, छात्रावासको व्यबस्था पनि गाउँ गाउँका विधालयहरुका पनि व्यस्थित आवासिय सहित छात्रावासको व्यबस्था गरी विधार्थी टिकाउन सकिने अध्यक्ष घर्तिमगरले बताउनुभयो ।
तिनाउमा विधालयमा प्रयाप्त भवन अभाव हुदा वालिवालिकाको पठन पाठनको लागी प्रयाप्त कक्षा कोठा, पुस्तकालय, सभाहल, कम्युटर कोठाहरु नहुदा समस्या हुदै आएको थियो । अध्यक्ष घर्तिमगरले विगतका समयमा विद्यालयमा प्रयाप्त भवन नहुदा पठन पाठनमा समस्या भएपनि अवका दिनमा विधालयमा भवनको अभाव नहुने समेत बताउनुभयो ।
पालिका भित्र पुन निर्माण प्राधिकरण बाट ४ कोठे भवन ११ वटा, ३ कोठे भवन ६ वटा, २ कोठे भवन ११ वटा गरी २८ वटा भवन निर्माण भएको बताउनुभयो । त्यसैगरी शिक्षा विभाग, गाउँपालिकाको तर्फबाट छ कोठे १ वटा, चार कोठे ४ वटा, दुई कोठे १९ वटा गरी जम्मा ५२ वटा विधालय भवन निर्माण भएको अध्यक्ष घर्तिमगरले बताए ।
शिलान्यास कार्यक्रममा वडा नंं १ का वडा अध्यक्ष रोम बहादुर लम्तरीले ज्ञानोदय मावी साविकको कचल गाविसको सबैभन्दा पुरानो विधालय भएकोले, विधालयमा टाढा टाढा बाट वालवालिका पठन पाठनको लागी आउने गरेको बताउनुभयो । विधालयमा पठन पाठन राम्रो भएपनि भवन अभाव हुदा केही समस्या भएपनि भवन निर्माण पुरा भएपछी कक्षा कोठाको अभाव नहुने बताउनुभयो । तिनाउँ गाउँपालिकाका युवा समन्वय समितीका संयोजक प्रेम श्रेष्ठले शिक्षा नै सबैभन्दा ठुलो विकास भएकोले, गाउँ गाउँ गुणस्तरीय शिक्षाको लागी तिनाउँ गाउँपालिकाको सबै पक्ष संग समन्वय गरी विधालयमा भौतिक पुर्वाधार निर्माण गर्न सक्रिय भुमिका खेल्दै आएको बताउनुभयो ।
कार्यक्रममा वडा सदस्य देउ बहादुर पुन, विधालय व्यवस्थापन समितीका सदस्य उमा अर्गाली लगायतले विधालय भवन निर्माणले विधालयको शैक्षिक गुणस्तरमा सुधार हुने बताए । कार्यक्रmमा विधालयका प्रधानाध्यापक हरी नारायण पौडेलले विधालयमा हाल ३ सय जना विधार्थीहरु अध्यन गर्दै आएको बताए । विधालयमा आवासिय सहितको छात्रावास संचालन गर्न सकिएमा काफलवारी क्षेत्रबाट आउने वालवालिकाहरुको लागी पठन पाठनमा सहज हुने बताए । कार्यक्रममा शिक्षक अभिवाक संघका अध्यक्ष धन बहादुर घर्तिको स्वागत, विधालयका प्र.अ. हरी नारायण पौडेलको संचालन र विधालय व्यबस्थापन समितीका अध्यक्ष भुवन सिंङ्ग चिदीको सभापतित्वमा भएको थियो । तिन बर्षको अवधीमा राष्ट्रिय पुननिर्माण प्राधिकरण सहयोगमा आगामी कार्तिक भित्र सक्ने गरी ७० लाख रुपैयाको लागतमा ४ कोठे भवन निर्माण शुरु भएको हो ।