Share
  •   
  •  
  •  
  •  

पाल्पा । नेपाल पत्रकार महासंघ पाल्पाको बैठकले शाखा आवद्ध पत्रकारहरुको दुर्घटना बिमा महासंघबाटै गरिदिने निर्णय गरेको छ ।
आइतवार सम्पन्न शाखाको बैठकले महासंघमा आवद्ध कार्यसमिति, साधारण सदस्य र कार्यालय कर्मचारीको दुर्घटना बिमा गर्ने निर्णय गरिएको शाखा अध्यक्ष रेखीराम रानाले बताउनुभयो ।

बैठकले महासंघका गतिबिधि, लेख रचना समेटिएको प्रवाह बुलेटिन प्रकाशनलाई रिन्तरता दिने निर्णय गरेको छ । नव निर्वाचित बर्तमान कार्यसमितिको आगामी ३ बर्षको कार्ययोजना निर्माणका लागि सचिव यज्ञमूर्ति तिमिल्सिनाको संयोजकत्वमा सदस्यद्धय भुवन रायमाझी र अनिल लिगल सदस्य रहने गरि कार्ययोजना निर्माण उपसमितिको गठन गर्ने निर्णय गरेको अध्यक्ष रानाले जानकारी दिनुभयो।

बैठकले महासंघको संस्थागत बिकास, सुचनाको हक लगायतका बिषयमा जिल्ला स्थित स्थानीय तहहरुसित अन्र्तक्रिया गर्ने समेत निर्णय गरेको छ । बैठकल महासंघको आफ्नो परिचय झल्किने वेभसाईट निर्माण गर्ने निर्णय गरेको सचिव यज्ञमूर्ति तिमिल्सिनाले बताउनुभयो । बैठकले महासंघ मार्फत अतिरिक्त क्रियाकलाप संचालनका लागि सहसचिव कृष्ण दर्नालको संयोजकत्वमा सदस्यहरु कृष्ण पोखरेल, दुर्गेस मल्ल, सुनिल कार्की र बिजय बौडेल सदस्य रहने गरि अतिरिक्त क्रियाकलाप संचालन उपसमितिको गठन गर्ने निर्णय गरेको छ ।