पाल्पा १९ साउन
सिद्धार्थ राजमार्गको पाल्पा बुटवल सडक खण्ड अन्तर्गत हेडबक्स नजिँकै पहिरोले पिकअप गाडी च्यापिदा एक जनाको मृत्यु भएको छ ।सोमबार साँझ पाल्पाबाट बुटवल तर्फ जाँदै गर्दा सिद्धबाबा क्षेत्रमा खसेको पहिरोले लु २ च ७३८७ नम्बरको बोलेरो गाडी च्यापिँदाजिपका सहचालक वालिङ नगरपालिका ११ बस्ने वर्ष २३ का आशिष खाँडको उपचारको क्रममा मृत्यु भएको हो ।
जिपका चालक चापाकोट नगरपालिका ५ बस्ने वर्ष २६ का डिलु थापा घाइते भएका छन । घाइते थापाको प्रादेशिक अस्पताल बुटवलमाउपचार भईरहेको छ । घटना बारे थप अनुशन्धान गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाबाट प्रहरी निरिक्षकको कमाण्डमा टोलि खटिईघटना बारे थप अनुशन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।