Share
  •   
  •  
  •  
  •  

पाल्पा २ श्रावण ।
पाल्पाको तिनाउ गाउँपालिका ६, डुम्रेमा पहिरोले ट्याक्टर र जेसीबी डोजर पुर्दा एक जनाको ज्यान गएको छ । पहिरोमा परी एक जना घाइते भएका छन् । ज्यान जानेमा बर्दिया जिल्ला बासगढी नगरपालिका–४, का हाल डुम्रेमा बस्ने २७ वर्षका महेन्द्र पुन रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पहिरोले पुएिर घाइते भएका पुनको उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ । शुक्रबार डुम्रेको भित्री सडक खण्डमा ढुंगा लोड गरेको लु ४ त ६६२९ नम्बरको हिलोमा फसेको ट्याक्टर निकाल्ने क्रममा लु १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसीबीलाई माथिबाट आएको पहिरोले पुरेको थियो ।

उक्त पहिरोमा परी लु १ क २४९६ नम्बरको जेसीबी चालक रैनादेवी छहरा गाउँपालिका–१, का २० वर्षीय सरोज बुढा घाइते हुनुभएको छ । घाइते बुढाको लुम्विनी मेडिकल कलेज प्रभासमा उपचार भईरहेको छ । घटना स्थलमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।