Share
  •   
  •  
  •  
  •  

पाल्पा ३० असार ।
बगनासकाली गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षमा ८२ दशमलब ७४ प्रतिशत वित्तिय प्रगती गरेको छ । चालु आर्थिक वर्ष ०७७।०७८ मा गाउँपालिकाले ८२ दशमलब ७४ प्रतिशत वित्तिय प्रगती गरेको हो । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्ण प्रसाद बस्यालका अनुसार पुँजीगत तर्फ ७४ दशमलब ०८ प्रतिशत र चालु तर्फ ८६ दशमलब ०५ प्रतिशत वित्तिय प्रगती गरेको हो ।
कोरोना संक्रमणका कारण भएको लकडाउनले वित्तिय प्रगतीमा बाधा परेपनी सफलता मिलेको गाउँपालिकाका अध्यक्ष बस्यालले बताउनुभयो । कोभिड संक्रमणमा पनि गाउँपालिकाले वित्तिय प्रगती गरेको उहाँको भनाई छ ।